Comments Add Comment

कांग्रेसलाई एमाले-माओवादीको प्रश्नः हामी मिल्दा किन कोकोहोलो ?

२१ कात्तिक, काठमाडौं । एमाले र माओवादीले वाम गठबन्धन आफ्नो ऐस र आरामको स्वर्णयुग समाप्त हुने भयले कांग्रेस विक्षिप्त भएको टिप्पणी गरेका छन् ।

कम्युनिष्ट अधिनायकवादको हौवा पिटाइएको भन्दै दुबै दलले भनेका छन्, ‘यस्ता भ्रमपूर्ण हल्ला उनीहरूको हतास मनस्थितिको परिचायक बाहेक अरु केही होइन ।’

आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले लोकतन्त्रप्रतिको प्रतिवद्धतामा अनावश्यक प्रश्न नगर्न चेतावनी दिएका छन् ।

विगतमा पनि एमाले र माओवादीले मिलेर सरकार चलाएको स्मरण गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘त्यसबेला त कोकोहोलो मच्चिएको थिएन । अनि अहिले एमाले र माओवादी मिल्दा पैताला बजाउने, कपाल लुछ्ने किन ?’

उनले अघि भने, ‘लोकतन्त्र समाप्त हुन लाग्यो रे ? झगडा गर्‍यो भने लोकतन्त्र बलियो हुन्छ ?’

एमाले अध्यक्ष ओलीले विचार मिल्ने पार्टीहरु एकतावद्ध हुनासाथ भयपूर्ण रुपमा चित्रण नगर्न आग्रह गरे । आफूहरुको गठबन्धन लोकतन्त्र, लोकतान्त्रिक प्रक्रिया, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली, स्वतन्त्र न्यायालय, आवधिक निर्वाचन प्रति प्रतिवद्ध रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment