+
+

ताप्लेजुङमा उमेदवारको घरमा नेकपाको कालो झण्डा

रविन भट्टराई  रविन भट्टराई
२०७४ कात्तिक २२ गते ११:५९

२२ कात्तिक, ताप्लेजुङ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वाम गठबन्धनका उमेदवारको घरमा कालो झण्डा रोखेको छ ।

प्रदेशसभा तर्फ ताप्लेजुङ (ख)का उमेदवार टंक आङबुहाङको साविकको चाँगे गाविसमा रहेको घरमा कालोझण्डा गाडेको हो ।

यस अघि विज्ञप्ति प्रकाशित गरी उमेदवारी फिर्ता गर्न सबैलाई आग्रह गरेको र आग्रहलाई ब्यवास्था गरेकाले आङ्बुहाङको घरमा कालोझण्डा राखेर घर कब्जामा लिएको नेकपाका जिल्ला इन्चार्ज आशिषले जानकारी दिए ।

यता प्रमुख जिल्ला अधिकारी मोहन जीसीले आङ्बुहाङको घरमा कालो झण्डा गाडेको जानकारी आएको र सो स्थानमा प्रहरी पठाइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?