Comments Add Comment

बच्चाको पिसाब चुहिने समस्या, के छ समाधान ?

बच्चाहरुले अक्सर ओछ्यानमा पिसाब फेर्ने गर्छन् । कतिपयले पिसाब नियन्त्रण गर्न सक्दैनन् । निश्चित अवधीपछि बच्चाले ओछ्यानमा पिसाब फेर्न छाड्नुपर्ने हो, जब उनीहरु पिसाब आएको कुरा व्यक्त गर्न सक्छन् । बोल्न नसकेपनि छटपटाउने वा कुनै माध्यामबाट पिसाब आएको जनाउ दिन सक्छन् ।

बच्चा ठूलो हुँदै गएपछि उनीहरुको यो बानीमा पनि परिवर्तन आउँछ । ओछ्यानमा पिसाब फेर्न छाड्छन् । तर, सबैमा यस्तो हुँदैन । कतिपय बच्चाले पिसाब नियन्त्रण गर्न सक्दैनन् । यसलाई चिकित्साको भाषामा ‘ब्लाडर कन्ट्रोल प्रब्लम’ भनिन्छ । यो जुनसुकै बेला पनि हुनसक्छ ।

२ वा ४ बर्षको उमेरदेखि पिसाब नियन्त्रण

सामान्यतया बच्चाहरुले २ देखि ४ वर्षको उमेरमा नै पिसाबको थैलीलाई नियन्त्रण गर्न सिक्छन् । कुनै कुनै बालबालिकामा ६ वर्षको हुदाँ सम्म पनि यो समस्या जारी रहन सक्छ । यस अवस्थामा भने उपचार खोज्नुपर्ने हुन्छ ।

हुन त यस्तो समस्या बढ्दो उमेरसँगै हटेर जान्छ । तर कुन कुनै व्यक्तिलाई विभिन्न कारणले यो समस्या उमेर बढ्दा समेत रहिरहनसक्छ । कसैलाई लामो समयसम्म पनि ओछ्यानमा पिसाब फेर्ने समस्या हुन्छ भने चिकित्सककहाँ पुर्‍याउनै पर्छ ।

किन हुन्छ यस्तो ?

यस्तो समस्या विभिन्न कारणले हुनसक्छ । हामी सोच्छौ, बच्चाले पिसाब फेर्न अल्छी लागेर ओछ्यानमा फेरिदियो । तर, हाम्रो भ्रम हो त्यो । वास्तवमा बच्चाले पिसाब नियन्त्रण गर्न नसक्नु उसको अल्छीपना होइन, शारीरिक समस्या हो ।

चिकित्सकिय भाषामा पिसाब थैली नियन्त्रणको समस्यालाई पिसाबको अस्थिरता वा इनुरेसिस पनि भन्ने गरिन्छ ।

बालबालिकामा हुने समस्या दुई किसिमको हुन्छ ।

दिउँसो पिसाब नियन्त्रण गर्न हुने समस्यालाई डे टाईम वेटिङ अर्थात डिउरनर इनुरेसिस भनिन्छ भने ओछ्यानमा पिसाब हुने समस्यालाई नक्टर्नर इनुरेसिस भन्ने गरिन्छ । कुनै कुनै बच्चामा यो समस्या दिउसो र राती दुवै समयमा हुनसक्छ ।

डे टाईम वेटिङ

बच्चाहरुमा हुने समस्या उनीहरुको शारीरीक विकासको एउटा भाग नै मानिन्छ । बच्चाहरुको उमेर बढेसँगै उनीहरुले यसलाई कन्ट्रोल गर्न सिक्छन् । तर केही बालबालिकामा देखिने यस्तो समस्या विभिन्न कारणले हुनसक्छ ।

धेरै बेर पिसाब रोक्ने

बच्चाहरुले धेरै बेर पिसाब रोक्ने गर्नाले पिसाबको थैलीमा पिसाब भरिन्छ र चुहिन्छ ।

सक्रिय थैली

अति सक्रिय अवस्थामा रहेको पिसाबको थैलीले विना कुनै संकेत थैली निर्चोन थाल्छ, जसल गर्दा अचानक पिसाब फुस्केको वा लुगा भिजेको महसुश हुन्छ ।

निस्कृय थैली

केही बालबालिकाहरु दिनमा २/३ पटक मात्र बाथरुम जाने वा पिसाब फेर्ने गर्छन् किनकि उनीहरुको पिसाबको थैली यति निस्कृय वा कमजोर हुन्छ कि त्यसले धेरै पिसाब फाल्न सक्दैन ।

डिअर्डर युरिनेशन

सामान्यतः कुनै पनि मानिसले आफूलाई पिसाब आएको त्यतिबेला महसुश गर्छन् जब उसको मस्तिष्कले जनाउ घण्टी दिन्छ । तर केहीमा पिसाबको थैलीको मांसपेशी तथा नशाले सही तरीकाले काम गर्न सक्दैन । जसका कारण पिसाब गहिाले पनि थैलीमा बाकी बसेको पिसाबबारे मस्तिष्कले बताउन सक्दैन र पिसाब फुस्कने गर्दछ ।

वेडवेटिङ

ओछ्यानमा पिसाब फेर्ने बालबालिकालाई दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा जो जहिल्यै भिज्छ र अर्को बालबालिका जो छ महिना ओछ्यानमा पिसाब फेर्न छोडेर फेरी सुरु गर्छन् ।

वेडवेटिङ समस्या र उमेर

प्रत्येक ६ जनामा एकलाई हुन्छ (५ वर्षसम्म)
प्रत्येक ८ जनामा एकलाई हुन्छ (६ वर्षसम्म)
प्रत्येक १० जना मध्य एकलाई हुन्छ (७ वर्षसम्म)
प्रत्येक १०० जनामध्य एक वा दुईजनालाई हुन्छ (१५ वर्षसम्म)

कसरी थाहा पाउने ?

व्लाडर कन्ट्रोल समस्याको विभिन्न लक्षण हुने गर्छ । ओछ्यानमा पिसाब चुहिनु, छिटो पिसाब लाग्नु, वा ओछ्यानमै पिसाब फेर्नु यसका लक्षण हुन् । सुक्ष्म गतिको शरीरिक विकास यसको प्रमुख कारण हो ।

व्लाडर कन्ट्रोल समस्या भएका मध्य दिउसो पिसाब चुहिने समस्या बालिकाहरुमा धेरै हुन्छ भने ओछ्यानमा पिसाब फेर्ने समस्या बालकहरुमा बढी हुन्छ ।

के कारणले हुनसक्छ ?

१. पिसाब थैलीको संक्रमण वा मृगौलाकेा संक्रमण

२. कब्जियत

३. नशा सम्बन्धी समस्या

४. मधुमेह

५. सुतेको समयमा सास रोकिने समस्या

६. एडीएच्डी (एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर)

के छ त उपचार ?

व्लाडर कन्ट्रोल समस्याको उपचार पिसाबमै भर पर्छ । व्यक्तिको पिसाब कसरी फुस्केको छ, कसरी चुहिन्छ ,त्यसमा भर पर्ने गर्छ ।

यदी कुनै व्यक्तिलाई यस किसिमको समस्या भएमा समय समयमा बाथरुम गएर , केही समयको बीचमा पिसाब फेरेर वा रातीको समयमा समेत पिसाब फेरेर यो समस्यालाई कम गर्न सकिन्छ । त्यस्तै, औषधीको सेवनद्धारा पनि यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।

कुनै कुनै अवस्थामा विरामीको अवस्था , उसको समस्यालाई बुझेर पनि यो समस्या हटाउन सकिन्छ ।

रोकथाम

अक्सर व्लाडर कन्ट्रोल समस्या वा वेड वेटिङ्गलाई रोक्न सकिन्न । यद्यपी, बालबालिकामा समय समयमा बाथरुम जाने बानी बसालेर तथा पिसाबको थैली खाली गर्न लगाएर पनि या समस्याको रोकथाम गर्न सकिन्छ ।

डायगोनोसिस

बच्चाको उमेर, रोगको लक्षण, समस्याको प्रकृति हेरेर पनि यो पिसाब थैलीको समस्या हो कि होइन वा ब्लाडर कन्ट्रोल समस्या हो कि हैन भनेर पत्ता लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment