Comments Add Comment

रूकुममा जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

२४ कात्तिक, रुकुम । विनाविभागीय मन्त्री तथा पश्चिम रूकुमका प्रतिनिधसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ गोइरीमा विहान साढे ९ बजे शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको हो । उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै क्षति नभएको रूकुम प्रहरीले जनाएको छ ।

रूकुमको चाैरजहारीबाट  उम्मेदवार शर्मासहित प्रचार  टोली विहान सानोभेरी गाउँपालिकातर्फ प्रचारका लागि जाँदै गर्दा बम प्रहार भएको हो ।

एउटा बम पड्किएपछि अर्को बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बम रेडबुलको बट्टामा राखिएको थियो ।

नेत्रबिक्रम चन्द् विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले बम प्रहार गरेकाे शंका गरिएपनि प्रहरीले भने पुष्टि गरेको  छैन् । शर्मा वाम गठबन्धनका उम्मेदवार हुन् ।

यता एमाले र माअोवादी, पश्चिम रूकुमको पार्टी एकता संयोजन समितिका प्रमुख नेताहरू राजकुमार शर्मा र शेरबहादुर केसीले विज्ञिप्त प्रकाशित गरी राजनीतिक स्थायित्व र समृद्धि बिरोधीहरूले अक्रमण गरेको बताएका छन्।

माअोवादीका केन्द्रीय नेता समेत रहेका जनार्दन शर्मा वाम एकताको पहलकर्ता समेत रहेकोले सुरक्षा थ्रेट बढिरहेको भन्दै उनीहरूले घटनाको निन्दा गरेका छन् । साथै उनीहरूले कार्यकर्ताहरूलार्इ उम्मेदवारको सुरक्षा र चुनावी प्रचारमा सक्रिय रहन अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment