२४ कात्तिक, काठमाडौं । निर्वाचनमा हुने अधिक खर्च नियन्त्रण गर्ने दायित्व सरकारको भएको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन प्रचार अभियानमा अधिक खर्च भएको पाइएको स्वीकार गर्दै नियन्त्रणका लागि अनुगमनको काममा तीव्रता दिन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित उद्योगी/व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकलाई समेत निर्वाचनमा अधिक मौदि्रक प्रवाह हुने गरेकोले त्यसको स्रोतको खोजी गरिदिन आग्रहसमेत गरे ।
प्रमुख निर्वाचन आयुक्त यादवले सम्पत्ति सुद्धिकरण, राजस्व विभागमार्फत् पनि निर्वाचनमा हुने अधिक खर्चको स्रोत पत्ता लगाई कार्वाही गर्न सरकार अग्रसर हुनुपर्ने पनि स्पष्ट पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4