Comments Add Comment

पूर्वप्रधानमन्त्री बिष्टको शान्त महाप्रस्थानः जसले निधनअघि नै राजकीय सम्मान अस्वीकार गरे

२५ कात्तिक, काठमाडौं । तीन पटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष । स्वर्गीय कीर्तिनिधि बिष्टको परिचय हो यो ।

शनिबार बिहान ९० वर्षको उमेरमा निधन भएका उनको महाप्रस्थान भने शान्त र तडकभडकरहित थियो । न त भद्दा शवयात्रा, न सयौं मलामी, न पशुपति आर्यघाटमा राजकीय सम्मान नै ।

परिवार स्रोतका अनुसार उनको अन्तिम इच्छा नै महाप्रस्थानमा राजकीय सम्मान नदिनु भन्ने थियो ।

ज्ञानेश्वरस्थित निवासबाट उनको शव यात्रा शुरु हुँदा मलामीको ठूलो ताँती पछाडि लागेको देखिएन ।

जीवनकालमा खासै विवादमा नआएको व्यक्तित्व थियो उनको ।

राजा महेन्द्रको शासनकालमा उनी पहिलो पटक प्रधानमन्त्री बने, त्यसपछि दुई पटक राजा वीरेन्द्रका सरकार प्रमुख । र, राजा ज्ञानेन्द्रले उनलाई तुलसी गिरीपछि दोस्रो वरियताका मन्त्रिपरिषद् उपाध्यक्ष बनाए ।

आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्रपा अध्यक्ष कमल थापा मात्र पुगेका थिए ।

आर्यघाटको परम्परागत चितामा उनको पार्थिव शरीर आगोमा विलिन हुँदै गर्दा परिवारका सदस्य र शुभेच्छुकहरुको सानो समूह मात्र उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment