Comments Add Comment

आँखा फरफरउनु समस्या हो ? यस्तो छ समाधान

आँखा फरफरउनुलाई हामी शुभ/अशुभ संकेतको रुपमा लिने गर्छौ । आँखा फरफरायो भने यो होला वा त्यो होला भनेर अनुमान गरिन्छ । परापूर्व कालदेखि नै हामीले यसलाई संकेतको रुपमा बुझ्यौ । त्यसैले जब आँखा फरफराउन थाल्छ, हामीमा अनेक शंका/उपशंका पैदा हुन्छ । त्यही भयले हाम्रो दैनिक कामकाज समेत प्रभावित हुनसक्छ ।

वास्तवमा आँखा किन फरफराउछ ?

चिकित्सकको भनाई मान्ने हो भने, यो स्वास्थ्यसँग जोडिएको कुरा हो । शरीरमा हुने अनेकन परिवर्तन, कतिपय तत्वको कमीले पनि आँखा फरफराउछ ।

थकान

थकान तथा अनिद्राको कारण पनि आँखा फरफराउने गर्छ । थकानको असर मांसपेशीमा पर्छ र मांसपेशीमा असर भई त्यसको असर आँखामा पर्ने गर्छ, जसका कारण आँखा फरफराउन थाल्छ । थकानका कारण आखा फरफराएमा पर्याप्त निद्रा आवश्यक छ ।

तनाव

तनावका कारण पनि आखा फरफराउने गर्छ । तनावको सिधा असर मांसपेशीमा हुने गर्छ । जसका कारण मांशपेशीमा हलचल उत्पन्न भई आखा फरफराउन थाल्छ । यस्तो अवस्थामा आराम गर्ने र धेरै नसोच्ने । केही समय आराम गर्नाले पनि यो समस्या हटेर जान्छ ।

आँखाको सुख्खापन

आँखामा सुख्खापन भएमा पनि आँखा फरफराउने गर्छ । विशेषगरी, व्यस्त जीवनमा हामी कयौ घण्टा कम्युटर तथा ल्यापटपको अगाडी बसेर काम गर्छौ । जसका कारण आखा सुख्खा हुन थाल्छ ।

आँखाको एलर्जी

कतिलाई एलर्जीको कारण पनि आँखा फरफराउन थाल्छ । एलर्जीको कारण आँखा चिलाउन थाल्छ र आखा फरफराउन थाल्छ ।यदी आँखा फरफराउने क्रम नरोकिएमा वा ज्यादा आँखा फरफराएमा चिकित्सकको परामर्श आवश्यक छ ।

गलत खानपान

कति अवस्थामा गलत खानपान पनि आँखा फरफराउनुको कारक बन्ने गर्छ । गलत खानपान, शरीरमा पानीको कमी तथा भिटामिन ‘ए’ युक्त खानेकुराको कमीका कारण पनि आँखा फरफराउने गर्छ । अधिक मात्रामा कफिको सेवनले पनि नशामा असर पार्न सक्छ । जसका कारण आँखा फरफराउन थाल्छ । आँखा फरफराउने समस्या कम गर्नका लागि सन्तुलित आहार जरुरी छ ।

उपचार विधि ?

कहिलेकहि त्यसैपनि आँखा फरफराउन सक्छ । आँखा फरफराउने समस्या छ भने केही समय आँखा बन्द गर्दै खोल्नु पर्छ । त्यस्तै, आँखाको बीच भागमा औलाले मसाज गरेर, आँखामा एक पछि अर्को मनतातो पानीले सफा गरेर, तातोपानीको पट्टी राखेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ ।

एक हप्ता सम्म पनि यो समस्या सामाधान नभएमा चिकित्सकको सल्लाह अनिवार्य हुन्छ ।

सामान्यतयाः आँखा फरफराएमा हामी त्यति ध्यान दिने गर्दैनौ । जबकी यसले हाम्रो शरीरसित सम्बन्धि कयौ समस्याको संकेत दिने गर्छ । त्यसैले आँखा फरफराउने समस्या छ भने बेलैमा त्यसको उपचार गर्नु अनिवार्य हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment