1. ताजा अपडेट
Comments Add Comment
kusan sharma
२०७४ कार्तिक २७ गते १७:५३
जनताले यसपाली(चुनाबमा), पुरानालाई बिश्राम गर्न निर्देसन दिनेछन, प्राकृतिक न्यायले पनि त्यसै भन्छ, नसक्नेले(अयोग्य)ओगटेर बस्ने होइन, गर्ने(योग्य)लाई ठाउँ खाली गरिदिनुपर्छ, ठाउँ खाली नगर्नेलाई, जनताले आफ्नो मतबाट, बहिस्कार गर्ने अवसर त छदैछ l

देशैभरी विवेकशीलको लहर आयोः रविन्द्र मिश्र


२७ कात्तिक, काठमाडौं । साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको पक्षमा देशैभरी लहर आएको बताएका छन् । देशभरीका जनताले सद्भाव दर्शाइरहेकाले यस चुनावबाट पार्टीको पक्षमा नतिजा आउने निश्चित रहेको उनले उल्लेख गरे ।

‘केही समय अगाडि नै हाम्रो संगठन देशभर निर्माण गर्न सकेको भए यसैपाली देशको नेतृत्व लिन सक्ने रहेछौं,’ मिश्रले दावी गरे ।

विवेकशील साझा पार्टीको काठमाडौँ क्षेत्र नं ९ को चुनावी अभियानका क्रममा सोमबार बिहान स्युचाटारमा भएको कार्यक्रममा मिश्र उपस्थित भएका थिए ।

कार्यक्रममा काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेदवार मिलन पाण्डेले आफ्नो प्रतिवद्धता दोहोर्‍याउँदै आफु काठमाडौँ क्षेत्र नं ९ मार्फत उदाहरण प्रस्तुत गर्न उत्रेको कुरा राखे ।

उनले आˆना प्रतिस्पर्धीलाई लक्षित गर्दै आफुले जितेमा संसदमा नघुर्ने अनि आम नागरिकका मुद्दा उठाउदै संसदमा गर्जने र दिन रात काम गर्ने बताए ।

‘राजनीतिमा एउटै च्यानल २८ वर्षदेखि चलेकाले अब च्यानल परिवर्तन गर्ने बेला भयो,’ उनले भने ।

कार्यक्रममा विवेकशील साझाको नयाँ चुनावी गीतमा पार्टीका संयोजक मिश्र क्षेत्र नं ९ का उम्मेदवार पाण्डेलगायतले नाचगान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment