+
+
Shares

नारायणकाजीले भने- कांग्रेसको जरो उखेल्नेलाई भोट नदिनू

'कांग्रेसको उम्मेदवार बाबुराम हैनन्, मै हुँ'

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २९ गते १५:१०

२९ कात्तिक, गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा-२ को नेपाली कांग्रेसको उम्मेदवार समेत आफू नै भएको बताएका छन् ।

गोरखा क्षेत्र नं. २ मा एमाले-माओवादी गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार रहेका श्रेष्ठले कांग्रेसको उम्मेदवार पनि आफैं भएको बताए ।

बाबुराम भट्टराईविरुद्ध कडारुपमा प्रस्तुत भएका श्रेष्ठले बाबुरामलाई कांग्रेसले समर्थन नगर्ने दाबी गरे । नेता श्रेष्ठले कांग्रेस कार्यकर्ताहरुलाई विवेकका साथ आफूलाई भोट हाल्न आग्रह गरे ।

‘तपाईहरुले गलत निर्णय नगर्नुहोला, विवेक पुर्‍याउनुहोला,’ बुधबार केपी ओली र प्रचण्डको आतिथ्यमा गोरखामा आयोजित चुनावी सभामा बोल्दै श्रेष्ठले भने, ‘पक्कै पनि अवसरवादीलाई सहयोग गर्नुहुन्न । नगर्नुस्, कांग्रेसको उम्मेदवार पनि छैन, तपाईहरुको उम्मेदवार मै हुँ ।’

श्रेष्ठले बाबुराम भट्टराई नेपाली कांग्रेसकै जरो उखेल्ने मान्छे भएको भन्दै जरो उखेल्नेलाई नभई आफूलाई मत दिन आग्रह गरे ।

‘उहाँले वामपन्थीसँग मिलेको दिन कांग्रेसको जरो उखेल्छु भनेको होइन ?’ श्रेष्ठले भने, ‘अब यस्तै अवसरवादलाई परास्त गर्न र लोकतन्त्रलाई बलियो बनाउन विवेक पुर्‍याएर मत दिनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?