२९ कात्तिक, काठमाडौं । माइल जेडिनेकको हृयाट्रिकको मदतमा अष्ट्रेलिया विश्वकपमा छनोट भएको छ ।
एएफसी प्ले अफ अन्तरगत मंगलबार भएको दोस्रो लेगमा होण्डुरसमाथि ३-१ गोल अन्तरको जित निकालेको अष्ट्रेलिया समग्रमा ३-१ ले विजयी भयो । पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो ।
घरेलु मैदानमा भएको खेलमा अष्ट्रेलियाको तीन गोल नै दोस्रो हाफमा गरेको थियो । ५३ औं मिनेटमा गोल गरेका जेडिनेकले ७२ औं मिनेटमा दोस्रो गोल गरे । ८५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै जोडिनेकले हृयाट्रिक पूरा गरे ।
खेलको अन्तिममा इलिसले गोल गरेपनि होण्डुरसका लागि सान्त्वना मात्र बन्न पुग्यो ।
जितसँगै अष्ट्रेलिया रुश विश्वकपमा छनोट हुन् ३१औं राष्ट्र बनेको छ । साथै एशियाबाट विश्वकपमा छनोट हुने अष्ट्रेलिया पाचौं टोली बनेको छ ।
यसअघि साउदी अरेबिया, जापान, दक्षिण कोरिया र इरान छनोट भइसकेका छन् ।
अब विश्वकपमा एउटा टोलीमात्र छनोट हुन बाँकी छ । अन्तर महादेशीय प्लेअफ अन्तर्गत बिहीबार बिहान दक्षिणअमेरिकाको चिली र एशिया ओशियानाको न्यूजिल्याण्डबीच दोस्रो लेगको खेल हुनेछ ।
न्यूजिल्याण्डमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया 4