Comments Add Comment

डडेल्धुराबाट देउवाको उदघोषः मैले जिते प्रधानमन्त्री, अरुले जिते माननीय !

'ज्योतिषीले मलार्इ सातचोटि प्रधानमन्त्री हुन्छस् भनेका छन्'

 

३० कात्तिक, डडेलधुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो चुनाव अभियान सुरु गरेका छन् । कैलाली हुँदै गृहजिल्ला पुगेका देउवाले चुनावी सभालाई सम्बोधन गर्दै पञ्चेश्वर परियोजना छिट्टै अघि बढ्ने बताए ।

आफ्नो भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा भइसकेको भन्दै उनले भने, ‘पानी र विजुली बाँडफाँट मिल्न बाँकी छ । भारतबाट छिट्टै टोली आउँछ र सहमति हुन्छ ।’

पश्चिम सेतीबारे चीनसँग कुरा भइरहेको भन्दै उनले दुबै आयोजना छिट्टै बन्ने बताए । देउवाले भने, ‘दुबै आयोजना बन्छ, बेरोजगारी हटाएरै छाड्छु ।’

डडेलधुराबाट चुनाव जितेपछि आफू प्रधानमन्त्री भएको र जिल्लाको ना राखेको भन्दै उनले भने, ‘कसैलाई केही भन्नु छैन । म जिते प्रधानमन्त्री, अरु जिते माननीय ।’

वाम गठबन्धनका खगराज भट्ट उनका चुनावी प्रतिस्पर्धी छन् । उनीतर्फ संकेत गर्दै देउवाले भने, ‘म जिते प्रधानमन्त्री हुन सक्छु । मसँग रिसाउन सक्नुहुन्छ । यो गर, उ गर भन्न सक्नुहुन्छ । मानीनयलाई भनेर पनि के गर्नू ?’

देउवाले कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा भएको बताए । रुपमा लेनिनको मूर्ति ढालिएको तथा चीनमा माओवादी नरहेको भन्दै उनले भने, ‘यहाँ मात्र पुरानो ढर्रा छ । कम्युनिष्ट शासन भएको भोलिपल्ट डरत्रासयुक्त शासन हुनेछ ।’

यसैबीच प्रधानमन्त्री देउवाले डडेल्धुरा प्रस्थान गर्नुअघि बिहीबार बिहान कैलालीमा पत्रकारसँग भेटघाट गरे । पत्रकार भेटघाटमा देउवाले अाफूलार्इ ज्योतिषीले सातचोटि प्रधानमन्त्री हुने बताएको भन्दै भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment