Comments Add Comment

रोल्पामा सभामुख अोनसरी घर्ती चढेको गाडीलार्इ लक्षित गरी बम प्रहार

१ मसिर, काठमाडाैं । रोल्पामा सभामुख ओनसरी घर्ती मगर लगायत माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको छ ।

सभामुख घर्ती र माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुर्इवटा बम प्रहार भएको हो । उनीहरू फरकफरक गाडीमा सवार थिए ।

लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलबाट  बम प्रहार भएको हो ।

भदाैरे जंगलको भीरबाट नेताहरुको गाडी भन्दा १० मिटर अगाडि बम प्रहार भएको नेताहरुसँगै रहेका उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उनीहरू सुलिचाैरबाट लिवाङका लागि प्रहरी स्कटिङमा लिवाङ जाँदै थिए ।

बम प्रहार भए लगत्तै प्रहरीले भदाैरे भीरमा घेरा हालेर बम प्रहार गर्ने अज्ञात समूहको खोजी गरिरहेको छ ।

सभामुख घर्ती लगायत बर्षमान र महरा कार्यक्रम अायोजना गरिएको लिवाङमा पुगिसकेका छन् । लिवाङ पुगेपछि नेता महराले बम अाक्रमण हुनु अराजनीतिक भएको प्रतिक्रिया दिएका छन् ।

महरा कार्यक्रममा सहभागी हुन दाङबाट रोल्पा अाएका हुन भने रोल्पा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका वर्षमान र सभामुख अोनसरी रोल्पामै थिए ।

यी समाचार पनि पढ्नुस्

रामशरण महत भन्छन्– एम्बुस विप्लवले हैन, हितबहादुरले राखेको शंका छ !

एम्बुसबाट ‘भाग्य’ले जोगिए डा. रामशरण महत

कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट

उम्मेदवार लक्षित शृंखलाबद्ध बम आक्रमणः ७ दिनमा ६ नेता निशानामा

बम प्रहार भएको रोल्पाको भदाैरे भीर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment