+
+
Shares

दाङ ३ का निर्वाचन अधिकृतको नियुक्ति कानून बिपरीत

निर्वाचन आयोग भन्छ-सोही क्षेत्रको मतदातालाई अधिकृत बनाउन मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १ गते १७:१८

१ मंसिर,दाङ । दाङ निर्वाचन क्षेत्र नम्वर ३ मा नियम विपरीत निर्वाचन अधिकृत तोएकिो खुलासा भएको छ ।

कानून अनुसार सम्बन्धित जिल्लाका कर्मचारीलाई निर्वाचन अधिकृत तोक्न पाइदैन । तर, निर्वाचन अधिकृत तोक्ने निकाय न्याय परिषद्ले दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा सोही क्षेत्रको मतदाता समेत रहेका उप न्याधिवक्ता चक्रदेव आचार्यलाई निर्वाचन अधिकृत तोकेपछि विवाद भएको हो ।

आचार्य तुलसीपुर उपमहानगरपालिका २ नम्बर वडावासी हुन् । उनको क्रमसंख्या ६ सय १५ हो भने, मतदाता नम्बर ३७२४१७७ हो ।

सम्बन्धित क्षेत्रका व्यक्तिलाई निर्वाचनमा खटाउँदा निर्वाचनको निष्पक्षमा प्रश्न उठ्ने भएकाले जिल्ला बाहिरका कर्मचारीलाई खटाउने कानूनी प्राबधान छ ।

उक्त क्षेत्रमा काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी प्रतिनिसधा र प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र डिल्ली चौधरी प्रदेशसभामा कांग्रेसबाट उम्मेदवार छन् । वापमन्थी गठबन्धनबाट हिराचन्द्र केसी उम्मेदवार छन् ।

आचार्यलाई प्रधानमन्त्रीको दबाबमा न्याय परिषदले सोही क्षेत्रमा निर्वाचन अधिकृत तोकेको आरोप लागेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सम्बन्धित जिल्लाका कर्मचारीलाई समेत निर्वाचनको महत्वपूर्ण जिम्मेवारी दिन नमिल्ने कानूनी व्यवस्था भएको भन्दै त्यहीं क्षेत्रकै मतदातालाई निर्वाचन अधिकृत तोक्नु कानून सम्मत नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?