+
+
Shares

एमालेका चुनावी कार्यक्रम एक घण्टाका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ३ गते १३:३१

३ मंसिर, काठमाडौं । नेकपा एमालेले माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको असामयिक निधनबाट पार्टी स्तब्ध भएको भन्दै आइतबार एक घण्टा देशभरका चुनावी कार्यक्रम स्थगित गरेको छ ।

केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले विज्ञप्ति जारी गर्दै अपरान्ह २ देखि ३ बजेसम्म देशभरका सबै कार्यक्रम स्थगित भएको जनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामै रहेका माओवादी अध्यक्ष प्रचण्डलाई चुनावी अभियानबाट काठमाडौंका लागि बिदाइ गरेको एमालेले जनाएको छ ।

एमालेले प्रचण्ड परिवारमा परेको बज्रपातप्रति समवेदना प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?