Comments Add Comment

नेप्सेमा ‘डबल बटम’ को संकेत, बढ्ला बजार ?


३ मंसिर, काठमाडौं । लगातार १३ कारोबार दिनमा भएको गिरावटपछि १४६० पुगेर बढ्न थालेको बजार पुनः घटेर त्यही बिन्दुमा आइपुग्न थालेको छ ।
आइतवार नेप्से परिसूचक १३.३४ अंकले घटेपछि नेप्से १४७५ विन्दुमा आइपुगेको हो । नेप्से परिसूचकले डबल बटम बनाउने सम्भावना देखिएको छ । डबल बटम अर्थात् अंगे्रजी आकारको डब्लु आकृति बनेमा बजार वा मूल्य सूचक बढ्ने विश्लेषण गरिन्छ ।

हालै १५१६ विन्दुसम्म पुगेर घट्न थालेको नेप्सेको लागि त्यसपछिको नजिकको उच्च बिन्दु १५७० आसपास देखिएको छ । डबल बटम बनेर नेप्से बढ्ने क्रममा देखिएमा यो तहसम्म नेप्से बढ्न ठुलो अवरोध नरहेको प्राविधिक विश्लेषणले देखाउँछ ।

यद्यपी बजारले पछिल्लो समय स्पष्ट दिशा देखाउन सकिरहेको छैन् । एकवर्षयता नेप्सेले १७ सय बिन्दु पार गर्न सकेको छैन् भने ६ महिनायता नेप्से १४ सय ५० देखि १६५० बिन्दुमा नै रेञ्ज बनाएर तलमाथी गरिरहेको छ । बजारलाई सकारात्मक प्रभाव पर्ने ठोस खबरहरु आएका छैनन् ।

व्याजदर घट्न नसक्नु, बैंकहरुमा तरलता समस्या आउने शंका गरिनु, लाभांश घोषणाको अवधि लगभग सकिनुले पनि बजारलाई वृद्धिको बाटोमा जान रोकेको छ ।

यद्यपी मंसिरमा नै हुने भनिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनले आर्थिक गतिविधि बढ्ने भएकोले बैंकहरुमा तरलताको समस्या खासै नरहने देखिएको छ ।
आइतवार भने कारोबार रकम ४५ करोडमा सिमित भएको छ । यस दिन उत्पादनमुलक समूहबाहेक सबै समूहको परिसूचक घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment