Comments Add Comment

बाँकेमा समानुपातिक उम्मेदवारः बन्दसूचीमा ठूलाभन्दा साना दलका धेरै

५ मंसिर, नेपालगन्ज । बाँकेमा ठूला दलभन्दा साना दलका तर्फबाट धेरै उम्मेदवारहरू समानुपातिकको बन्द सूचीमा परेका छन् ।

निर्वाचन आयोगले जारी गरेको नामावलीको अन्तिम सूचीमा बाँकेबाट मात्र सबै दलका गरी १ सय ११ जनाको नामावली छ । त्यसमध्ये प्रतिनिधि सभामा ३१ जना र प्रदेश सभामा ८० जनाको नाम छ ।

प्रतिनिधि सभा सदस्यमा सबैभन्दा बढी एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका ८ जना छन् । नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट ४ जना उम्मेदवार  छन् ।

प्रतिनिधि सभा सदस्यमा जिल्लाबाट नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा र नेपाल जनता पार्टीका २-२ जना उम्मेदवार बन्दसूचीमा परेका छन् ।

यसैगरी राजपा नेपाल, राप्रपा, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमुक्ती पार्टी, नेपाली जनता दल, देशभक्त गणतान्त्रिक मोर्चा लगायतका दलहरुका तर्फबाट १-१ जना उम्मेदवार अन्तिम नामावलीमा समावेश छन् ।

यस्तै प्रदेश सभा सदस्यतर्फ ८० जना उम्मेदवार बनेका छन् । जसमध्ये राप्रपाका १६, जना नेपाल संघीय समाजवादी पार्टीका १४, संघीय समाजवादी फोरमका ८, नेपाली जनता दलका ७ जना नेकपा माले र देशभक्त गणतान्त्रिक मोर्चाका ५-५ जना र शिवसेनाका ४ जना पनि प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा छन् ।

बाँकेबाट प्रदेश सभामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका समान ३-३ जना समानुपातीक उम्मेदवार बन्दसूचीमा परेका छन् । राष्ट्रिय जनमोर्चा नयाँशक्ति, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र नेकपा मार्क्सवादीका २-२ जना र नेपाली जनता दल, राष्ट्रिय जनमुक्ती पार्टी, नेमकिपा, राप्रपा प्रजातान्त्रिक र राजपाका १-१ जना उम्मेदवारको नाम अन्तिम नामावलीमा समावेश छ ।

प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा बाँकेबाट नेपाली कांग्रेसका आशा विक र सर्वतआरा खानम, एमालेका दिनेशचन्द्र यादव र रुबि खाँ पठान एवं माओवादी केन्द्रका अशोककुमार रोकाया क्षेत्री र तिलक परियारको नाम समावेश छ ।

यसैगरी संघीय समाजवादी फोरमका रिजवान अहमद साह, मन्जु शर्मा अन्सारी, राजपाका सत्यवती वर्मा कुर्मी, राप्रपाका हरिहर श्रेष्ठ र ठाकुरसिंह थारुको नाम समावेश छ ।

यता प्रदेश सभामा कांग्रेसका शान्ति परियार, हिरालाल लोनिया र मो. याकुव अन्सारी, एमालेका रामदास थारु र तलत प्रविण खाँ एवं माओवादी केन्द्रका आदेश अग्रवाल, सुमित्रा वर्मा कुर्मी र कलामुन अन्सारीको नाम समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment