+
+
Shares

नुवाकोटमा कांग्रेस नेताको घरमा राखिएका बम निष्क्रिय पारियो

रासस रासस
२०७४ मंसिर ६ गते १४:४५
फाइल तस्वीर

६ मंसिर, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा गाउँपालिकाको वडा सदस्य एवं नेपाली कांग्रेसका स्थानीय नेता उद्धव थापाको घरमा भेट्टिएको दुई थान सुतली बम निष्क्रिय बनाइएको छ ।

कांग्रेसका नेता थापाको आँगनमा भेटिएको सुतली बम श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

बुधबार शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ ले चुनावी सभा आयोजना गरेको र त्यहाँ कांग्रेसका उम्मेदवार डा. रामशरण महतले सम्बोधन गर्ने कार्यक्रमलाई प्रभावित बनाउने उद्देश्यले बम राखेको हुनसक्ने अनुमान गरिएको छ ।

बम राख्ने व्यक्तिको पहिचान हुन बाँकी भए पनि निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ । कांग्रेसका उम्मेदवार डा महतलाई लक्ष्य गरी बम विस्फोट गराउँदा कार्यकर्ता चढेको गाडीमा लागेर पाँचजना घाइते भएका थियो ।

यस्तै, बुधबार बम राखिएको घरधनी थापालाई पनि शिवपुरी गाउँपालिका–४ को वडा सदस्य भएर जिम्मेवारीपूर्वक काम नगरेको तथा समाजसेवाको नाममा निरकुङ्श प्रवृत्ति अपनाएको भन्दै नेकपा विप्लव समूहले गत भदौ ३१ गते मोसो दलेर दुर्व्यबहार गरेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?