Comments Add Comment

बन्दकाे हल्लाले उपत्यकाको सवारी आवागमन प्रभावित

सार्वजनिक यातायात न्यून मात्रामा चल्दा यात्रु मारमा

८ मंसिर, काठमाडौं । भनिन्छ, नेपाल हल्लै हल्लाको देश हो । भूपि शेरचनले नेपालीको यही चरित्रलाई व्यग्य कस्दै ‘यो हल्लै हल्लाको देश हो’ कविता नै लेखेका थिए । हुन पनि नेपालमा हल्लाले मात्रै पनि धेरै  कुरा प्रभावित हुने गरेका छन् ।

बन्दकाे हल्लाकै भरमा शुक्रबार बिहानैदेखि काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शुक्रबारका लागि बन्द आह्वान गरेको हल्ला चलेपछि उपत्यकाको सवारी आवागमन प्रभावित बनेको हो । यद्यपि, बन्द आह्वानकर्ता भनिएका विप्लव माओवादी र लेनिन बिष्ट नेतृत्वको पूर्वमाओवादी लडाकु समूहले बिहीबार नै बन्द आह्वान नगरेको विज्ञप्तिमार्फत प्रष्ट पारेका थिए ।

बन्द आह्वानकर्ता भनिएकाहरुले नै बन्द नरहेको प्रष्ट पारे पनि हल्लाकै कारण बिहानैदेखि सवारीको चापाचाप हुने उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन गुडेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, विगतको तुलनामा उपत्यकामा आज कम सवारी गुडेका छन् । हल्लाको प्रभाव उपत्यका बाहिर जाने सवारी साधनमा समेत परेको छ ।

निजी सवारी चलेका भए पनि सार्वजनिक सवारी साधन निकै कम चल्दा सार्वजनिक सवारी साधनको भर पर्दै आएका उपत्यकाका यात्रुहरु बिहानैदेखि मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment