Comments Add Comment

हट दृश्य बाहिरिएपछि ‘जुली २’ हिरोइन तनावमा


भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीसँगको अफेयरको कारण कुनै समय चर्चामा रहेकी नायिका राय लक्ष्मीले हिन्दी चलचित्र ‘जुली-२’ बाट बलिउडमा डेब्यु गरेकी छिन् ।

चलचित्र रिलिज अघि नै केही इन्टिमेट दृश्य अनलाइन मार्फत बाहिरिएको छ । केहि दृष्य बाहिरिएपछि आफू तनावमा रहेको भन्दै उनले ट्वीट गरेकी छिन् । ट्विटमा उनले लेखेकी छिन्-‘यो के हुँदैछ । म निकै चिन्तित छु ।’

एक लोकपि्रय इन्टरटेनमेन्ट वेभसाइटका अनुसार तीन मिनेटको भिडियो क्लिप्स बाहिरिएको छ । एक क्लिपमा राय लक्ष्मी निकै हट देखिएकी छिन् । अर्को क्लिपमा उनले लिपलक गर्दै गरेको देखिन्छ ।

दिपक शिवदासानी निर्देशित चलचित्र ‘जुली-२’ सन् २००४ मा बनेको ‘जुली’को सिक्वेल हो । राय लक्ष्मीले यस अघि ‘कुंडक्का मंडक्का, धरमपुरी, रक अन रोल, परुंथ, चट्टमबिनाडु, कंचना’ लगायतका चलचित्रमा काम गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment