८ मंसिर, काठमाडौं । डा. अंशुमालीलाई धेरै बिरामीले ‘महिला डाक्टर’ भन्ने सोच्छन् । नसोचुन् पनि कसरी ? नामै छ- अंशुमाली जोशी । अंशु अर्थात महिलाको नाम र माली अर्थात थर ।
कति विरामी त उनलाई बिरामी जाँच्ने कोठामै पुगेर तपाई ‘पुरुष’ पो हो ? नाम सुन्दा त महिलाजस्तो लाग्यो पनि भन्ने गर्छन् ।
बिरामीको यो प्रतिक्रिया सुन्दा सुरुका दिनमा त डा. अंशुुमाली जोशीलाई निकै अप्ठ्यारो महसुस हुन्थ्यो । तर, बितेका दिनसँगै उनलाई यो प्रश्न सामान्य लाग्न थालेको छ ।
यति सामान्य कि बिरामीहरु लिंग पहिचानमा नझुक्किउन् भन्नका लागि उनले जावलाखेलस्थित आˆनो क्लिनिकको रिसेप्सन एरियामा बिरामी जाँच्दै गरेको आफ्नो ठूलो फोटोसहितको प|mेम नै झुण्ड्याइदिएका छन् ।
त्यतिमात्र हैन, आफू नै डा. अंशुमाली हो भनेर बिरामीलाई कन्भिन्स गराउनसमेत कहिलेकाहीँ उनले क्लिलिकमा कार्यरत नर्सलाई बोलाउने गरेका छन् ।
‘पहिलोपटक आउने विरामीहरु त अझै पनि नाम त धेरै सुनेको हो, तर पुरुष डाक्टर भन्ने थाहा थिएन भन्छन्’, जावलाखेलस्थित ‘ काठमाडौं डायविटिज तथा थाइराइड’ सेन्टरमा शुक्रबार बिहान घाइते अवस्थामा भेटिएका डा. अंशुमाली जोशीले भने ।
डा. अंशुमाली दुई दिनअघि राति सुत्ने क्रममा घाँटी सड्किएपछि चिकित्सकको सल्लाहअनुसार घाँटीमा बेल्ट लगाएर उनी काममा खटिएका रहेछन् । हदै सञ्चो नहुँदा र उठ्नै नसक्ने अवस्थामा बाहेक उनी प्रायः क्लिनिकमै भेटिन्छन् ।
हामीले उनलाई भेट्दै गर्दा समेत उनी घाइते अवस्थामै बिरामी पर्खेर बसिरहेका भेटिएः
‘मेरो दैनिकी नै यही हो, बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म बिरामी जाँचेरै बस्छु’, डा. अंशुमालीले अनलाइनखबरसँग भने ।
डा. अंशुमालीको नामलाई लिएर धेरै बिरामीहरु झुक्किने गर्छन् । धेरैले उनलाई महिला डाक्टर भन्ने मात्रै ठान्दैनन्, अंशु माली अनि फेरि जोशी भनेर आश्चर्य पनि प्रकट गर्छन् । आखिर उनको नाम अंशुमाली जोशी चाहिँ कसरी रहन गयो ?
हामीले ठट्टा गर्यौं ।
‘अंशुमाली अर्थात सूर्यको किरण र जोशी चाहिँ मेरो थर’, उनले हाँस्दै भने ।
तर, बिरामीहरु भने उनको पूरा नाम अंशुमालीलाई अंशु, माली र जोशी भन्ने सम्झन्छन् । अर्थात, अंशु उनको नाम र माली तथा जोशी चाहिँ उनको थर हो भन्ने ठान्छन् ।
त्यसैले त, अंशुलाई धेरैले पाटनका जोशी भनेर पनि अड्कलबाजी काट्छन् । शायद, नेवार समुदायमा माली भन्ने पनि थर हुन्छ, र जोशी भन्ने पनि थर भएर होला । अझ भनौं, पाटनमा नेवार जोशी धेरै भएर र भक्तपुरमा माली थर हुने भएर नै होला, उनले भने, ‘तर मेरो नामसित जोडिएको मालीचाहिँ थर हैन,’ उनले स्पष्टीकरण दिए ।
डा. जोशीले थपे ‘अंशुमाली’ भनेको सूर्यको किरण हो । यो नाम मलाई बुवाले दिनुभएको विशुद्ध नाम हो ।
तपाईहरुले बसाइँ उपन्यासको अन्तिम पृष्ठमा हेर्नुभयो भने, त्यसमा प्रस्टै लेखिएको देख्न सक्नुहुन्छ, कि त्यहाँ ‘अंशुमाली’ लेखिएको छ । शायद त्यही नामबाट प्रभावित भएर हुन सक्छ, बुवाले मेरो नाम अंशुमाली राख्नुभएको’, डा. जोशीले भने ।
आˆनो नामझै बिरामीको आशाको किरण बनेका डा. अंशुमाली आफू भने पोखराका स्थायी वासिन्दा हुन् । उनको घर, मामाघर तथा ससुराली पनि पोखरामै छ । यद्यपि, उनका हजुरबुबा भने मरुका ध्वज जोशी हुन् ।
कामको सिलसिलामा भद्रपुर पुगेका उनका हजुरबुवाले त्यहीँ घरजम गरेपछि उनका बुवा झापामै जन्मिए, त्यहीँ हुर्के । पछि उनका बुवा पोखरामा बसाइँ सरे । त्यहीँ अशंुको जन्म भयो ।
डा. अंशुले एमबीबीएससम्मको अध्ययन पोखराबाटै गरे । उनले मणिपाल अस्पतालबाट एमबीबीएसको अध्ययन पूरा गरे ।
विदेशमा पढेर स्वदेशमा सेवा
डा. अंशुले चिकित्साशास्त्र अध्ययन संस्थानबाट इन्टरनल मेडिसिनमा एमडी गरेपछि भारतको दिल्लीस्थित एम्स अस्पतालबाट छात्रवृत्तिमा इन्डोक्राइनोलोजिस्टमा उच्च शिक्षा हासिल गरे । उनी पढाइ पूरा गरेर सन् २०१२ मा नेपाल फर्किए ।
नेपाल फर्किएलगत्तै अल्का अस्पताल तथा नर्भिक अस्पतालमा रहेर इन्डोक्राइनोलोजिस्ट सम्बन्धी बिरामी जाँच्न सुरु गरेका उनले काठमाडौमा रहेर काम गर्न थालेको झण्डै ५ वर्ष हुन लाग्यो । उनी हाल पाटनमा बस्छन् ।
यस दौरान उनीसित जाँच गराउने बिरामीको संख्या लगभग ५० हजार नाघिसकेको उनको हिसाब छ ।
डा अंशु भन्छन्,’जतिबेला एम्समा पढ्ने सोचमा थिएँ, त्यतिबेला म त्यहाँ गएर कार्डियोलोजी, न्युरोलोजी वा साइकियाट्रीमा एमडी गर्न चाहन्थंे । तर, त्यो विषयमा सिट नभएकाले मैले इन्डोक्राइनोलोजी भए पनि पढ्ने सोच बनाएँ ‘ ।
हर्मोन पीडितको उपचारमा सन्तुष्टि
घरपरिवार, गुरु, आफ्ना सहकर्मीहरु र डा. ओम मूर्तिको सल्लाहअनुसार नै इन्डोक्राइनोलोजी पढ्न तयार भएका उनी आफुले त्योबेला लिएको निर्णयलाई लिएर अहिले निकै सन्तुष्ट महसुस भएको बताउँछन् ।
भन्छन्, ‘त्योबेला पनि मधुमेह तथा थाइराइडको उपचार गर्ने डाक्टर नभएका त हैनन् । तर, हर्मोनको गडबडी सम्बन्धी सबै समस्या हेर्ने डाक्टर भने पर्याप्त थिएनन् ।’
नेपाल फर्किएर बिरामीको जाँच गरेसँगै नेपालमा हर्मोन सम्बन्धी कति बिरामी रहेछन् र यो रोगबाट कतिसम्म पीडित रहेछन् भन्ने उनले महसुस गरे ।
त्यतिमात्र हैन, हर्मोनको गडबडीका कारण हुने समस्याबारे विरामी तथा चिकित्सकलाई अवगत गराउनै पनि उनलाई धेरै समय लाग्यो । त्यसबेला यो हर्मोनको गडबडीका कारण थाइराईड र मधुमेह बाहेक पनि अन्य कयौं रोगहरु लाग्न सक्छन् भन्ने धेरैलाई चेतना थिएन । बिरामीहरु पनि महिनाबारी गडबडी हुनासाथ, निसन्तान पना भएमा स्त्री तथा प्रसुती रोग विशेषज्ञकै मात्र जाने चलन थियो ।
त्यस्तै, प्यारा थाइराइड हर्मोनको गडबडीका कारण बारम्बार हड्डी फ्याक्चर हुदाँ, सानो चोटपटकका कारण पनि हात खुट्टा भाँचिने समस्या हुदाँ अज्ञानताका कारण अर्थोपेडिक्स डाक्टरकै मात्र जाने चलन हावी थियो । यसले गर्दा बिरामीको हात त अर्थोपेडिक्स डाक्टरले ठीक पार्थे, तर वास्तविक कारण पत्ता नलागी रोग निको हुन निकै समस्या हुन्थ्यो ।
विभिन्न मिडियामा प्रकाशित लेख, रचना यसबारे जानकारी तथा विभिन्न मेडिकल क्याम्पहरुमार्फत नै विरामीलाई हर्मोनको गडबडीका कारण हुने समस्याबारे अवगत गराउन सकेकै कारण अहिले मानिसहरु यस्ता रोगबारे ज्यादा जागरुक भएको उनको भनाइ छ ।
डा अंशु भन्छन्, हर्मोनको गडबडीका कारण टाउकोदेखि पैतालासम्म विभिन्नखाले समस्या हुने गर्छ । यसलाई बुझ्न त जरुरी छ नै, शंका लागेमात्र पनि सम्बन्धित चिकित्सकलाई जँचाउन जरुरी छ ।’
त्रिचन्द्रमा तीतो अनुभव
निकै सरल तथा स्पष्ट वक्ताका रुपमा बिरामीहरु माझ परिचित डा. अंशुमालीको बिरामीलाई लिएर त्यस्ता धेरै अनुभव छ, जहाँ कयौ विरामीहरुले उनीमाथि नै प्रश्न उठाउने गर्थे त कयौंले निराशापन देखाउँथे ।
उनीसित यस्ता अनुभव पनि थियो, जहाँ चिकित्सक आफैंले उनको कुरामा विश्वास नगर्दा झगडा समेत गर्नुपर्ने स्थिति पैदा हुन्थ्यो । अहिले सम्झँदा उनी ती कुरालाई जनचेतनाको कमी बाहेक उनी केही भन्न रुचाउँदैनन् ।
‘ती अनुभवलाई लिएर म अरु केही भन्न चाहन्न । बस् यति भन्छु कि यस्ता समस्याबारे चिकित्सकलाई नै राम्रो जानकारी थिएन,’ उनी भन्छन् ।
शायद, जनचेतनाकै कमीले हुनसक्छ, त्यसबेला सरकारी अस्पतालहरुले भन्दा उनलाई निजी अस्पतालहरुले नै बढी सर्पोट गरे । यतिसम्म कि त्रिवि शिक्षण अस्पतालमा रहेर उनले झण्डै एक वर्षसम्म काम गरे ।
टिचिङ्गमा उनी हप्ताको दुई दिन बहिरङ्ग सेवामा काम गर्थे । त्यहाँ कार्यरत रहदाँ यस क्षेत्रलाई विकास गर्न खासै कसैको ध्यान गएन । उनी हप्तामा ओपिडी गर्थे । ओपिडी गर्दा कम विरामी चेकजाँच गर्नु पर्थ्यो भने अन्य समय खाली बस्नुुपर्ने अवस्था थियो ।
‘त्योबेलाको निर्णय सही थियो वा थिएन, त्यतातिर नजाउँ, उनले भने, ‘यति हो, यसले मलाई सन्तुष्टि मिलेको छ ।’
प्रतिक्रिया 4