Comments Add Comment

मैनालीको जादु ! पत्रिका पोलेर परेवा ! (भिडियोसहित)

जादु के हो ? 'इन्द्रजाल' हो कि हातको सफाइ ?

जादु के हो ? के होला ? कसरी हुन्छ ? इन्द्रजाल हो कि, हातको सफाइ ? बौद्धिक चलाखी हो वा अलौकिक कला ?

जादु भन्नासाथ प्रश्नै प्रश्न उठ्छन् । हामीले यस्तै प्रश्न राखेका थियौं, चर्चित जादुगर सुरज मैनालीलाई ।

चिनाइहालौं, सुरज युवा जादुगर हुन् । जादुलाई कसरी व्यवसायिक बनाउन सकिन्छ भनेर लाग्ने थोरै नेपाली युवामध्येका उनी एक हुन् । मैनालीका अनुसार गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउने उनी पहिलो र एकमात्र नेपाली जादुगर हुन् ।

सन् २०१६ को अप्रिल २४ मा भारतमा आयोजित सार्क म्याजिक कन्फरेन्समा एक सय ६२ जनाले संयुक्त जादु प्रदर्शन गरेका थिए । त्यसमा सुरज पनि एक थिए । ‘एक जादुमा सर्वाधिक जादुगर’ क्याटगोरीमा उनले रेकर्ड बनाएका हुन् ।

हामीले सुरजलाई सोध्यौं, जादु के हो ? हातको सफाइ कि अलौकिक कला ?

उनले यसको जवाफ दिएनन् । बरु, अनलाइनखबरको स्टुडियोमा तीनवटा जादु देखाइदिए । र, भने, ‘जादु हेरेर आफैं थाहा पाउनुहोस्, यो के हो ?’ र, उनले भने- म यसैगरी हरेक हप्ता तपाईहरुसँग जादु लिएर आउनेछु ।

हेर्नुहोस् मैनालीका तीन जादु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment