+
+
Shares

जुम्लाका सबै मतपेटिका सदरमुकाममा

पहरामा सुरक्षाकर्मीसँगै दलका प्रतिनिधि

रासस रासस
२०७४ मंसिर १२ गते ८:०८


१२ मंसिर, जुम्ला । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै सदरमुकाम जुम्ला खलंगामा भित्रिएका २७० मतपेटिकालाई दलका प्रतिनिधिहरुले पनि पहरेदारी गर्ने भएका छन् ।

भित्रिएका सबै मतपेटिका उच्च सरकारी वकिल कार्यालय जुम्लाको नवनिर्मित भवनमा बन्द गरी राखिएको छ । जुम्लाका सम्पूर्ण राजनीतिक दल, जिल्ला सुरक्षा समितिको रोहवरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपेटिका कैद गरी सिलबन्दी गरेर राखेको सहायक निर्वाचन अधिकृत इन्द्र खड्काले जानकारी दिए ।

सोमबार दिउसो ४ः०० बजे भित्रिएका २७० वटै मतपेटिका सुरक्षाका लागि अदालत परिसरमा रहेको सरकारी वकिल कार्यालयमा राखिएको हो । त्यसको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना, भित्री घेरामा सशस्त्र प्रहरी, जनपथ प्रहरी र दलका प्रतिनिधिहरुले पनि २४सै घण्टा सुरक्षा दिने व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत खड्काले बताए ।

सिलबन्दी गरिएको ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र राजनीतिक दल दुवैको तालाबन्दी गरिएको छ । मतपेटिका सिल गरेर राखेको उक्त भवन भने सुरक्षाकर्मीको उच्च सुरक्षामा त हुने नै छ, त्यसमा अझ थप आ–आफ्नो उम्मेदवारी उठाएका दलले आफ्ना प्रतिनिधिहरुलाई पनि २४सै घण्टा काममा खटाउने निर्णय गरेका छन् ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको ४५ जिल्लाको दोस्रो चरणको चुनाव यही मंसिर २१ गते बेलुका ५ः०० बजे सम्पन्न भइसकेपछि जुम्लाको मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?