+
+
Shares

सप्तरीबासीलाई देउवाको बाचाः संविधान संशोधन गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १४ गते १७:२८

१४ मंसिर, सप्तरी । प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थीहरुले संविधान संशोधन नगर्न नदिएको आरोप लगाएका छन् ।

सप्तरीको कठौनामा बिहीबार आयोजित चुनावी सभामा कांग्रेस सभापति समेत रहेका देउवाले कम्युनिष्टहरुले जिते अब पनि संविधान संशोधन हुन नसक्ने दाबी गरे । उनले भने, लोकतान्त्रिक गठबन्धनलाई बहुमतका साथ जिताउनुस्, संविधान संशोधन गरी थप अधिकार दिलाउनेछौं ।’

देउवाले कम्युनिष्टले जिते लोकततन्त्र खतरामा पर्ने दोहोर्‍याए । निरकुशंता ढालेर लोकतन्त्र ल्याएपनि फेरि एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको भन्दै उनले सचेत रहन सबैसँग आग्रह गरे ।

लोकतन्त्रको भर्‍याङ्ग चढेर अधिनायकवाद ल्याउन खोजेको भन्दै उनले भने, ‘राणा शासनको अन्त्य कांग्रेसले गरेको हो । निरकुंशता ढालेर लोकतन्त्र ल्याए पनि फेरि एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?