१७ मंसिर, काठमाडौं । युवाहरूमा प्रविधिको माध्यमबाट उद्यमशिलतामा अभिवृद्धि गर्ने उद्देश्यसहित ‘स्मार्ट सिटी सूचना प्रविधि प्रदर्शनी’ हुने भएको छ ।
पुल्चोक इन्जिनियरीङ क्याम्पसको कम्पूटर इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरिङ विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरूको संगठन ‘लोकस’ को मूख्य आयोजनामा काठमाडौंमा उक्त प्रदर्शनी हुन लागेको हो ।
आयोजकका अनुसार प्रदर्शनीमा हार्डवेयर सफ्टवेयर तथा इलेक्टि्रकल प्रोजेक्टहरूको विभिन्न प्रतियोगितात्मक मेला हुनेछ । स्थापनाको १५औं वर्षको अवसर पारेर हुन लागेको प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।
मेलामा ड्रोन प्रतियोगिता, रोबोट फाईट, हृयाक विक, कोड जाम, कोड क्याप लगायतमा प्रतिस्पर्धातम्क प्रर्दशनी हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा इन्जिनियरिङ कलेज हार्डवेयर तथा सˆठवेयर कम्पनीहरूको पनि सहभागिता रहने छ ।
आयोजक संस्था लोकसले यस प्रदर्शनीमा प्रविधिको अधिकतम सदुपयोगबाट दिगो विकास वातावरणमैत्री र उर्जाशिल समाजको निर्माणमा सघाउ पुग्ने विश्वास लिएको जनाएको छ ।
प्रतिक्रिया 4