मंसीरको महिना छ । मंसीर जाडोको सिजन । बिहेको पनि सिजन । यसबेला धेरै नव जोडी दाम्पत्य जीवनमा बाँधिन्छन् । अतः बिहे भोज, समारोहमा सहभागी हुनै पर्यो । त्यस्तो अवस्थामा कस्तो मेकअप गर्ने ? वा कस्तो लुक्स बनाउने ?
स्मोकी आइज
यस सिजनमा डार्क आइ मेकअपका साथ आँखालाई बढी हाइलाइट गरिन्छ, ताकि अनुहारको चमक देखियोस् । मेकअप विज्ञहरु अहिले आँखालाई हट लुक दिनका लागि आई मेकअपको स्मोकी स्टाइल अपनाउने गर्छन् ।
यसका लागि सबैभन्दा पहिला आँखालाई सफा गरेर आई श्याडोको लाइट कलरको शेड लगाएर राम्ररी ब्लेन्ड गर्नुपर्छ । यो शेड हल्का पहेंलो रंगको हुनुपर्छ । त्यसपछि आँखामा पेन्सिज काजल र आइ लाइनर लगाउनुपर्छ ।
ब्राइड लिपस्टिक
अहिले ब्राइट कलरको लिपस्टिक ट्रेन्डमा छ । सामान्यत ओरेन्ज, रेड, ब्राउन, पिंक कलरको लिपस्टिक सुहाउँछ । साथै सौन्दर्य विज्ञले यसैको शेड्स प्रयोग गर्ने गर्छन् ।
लिपस्टिक लगाउनुअघि लिप पेन्सिलले आउटलाइनिङ गर्ने । त्यसपछि एक टोन लाइट कलरको लिपस्टिक लगाउने । अन्त्यामा लिप ग्लासले टचअप गर्ने । यदि लिपस्टिक ओंठभन्दा बाहिर लाग्यो भने कटनले राम्ररी सफा गर्ने ।
छालाको निखार
सबैभन्दा पहिला छालाको क्लिजिङ, टोनिङ र मोश्चराइजिङ गरेर लिक्वड फाउन्डेशन लगाउने । त्यसपछि क्रिमको स्पन्जको सहयोगले राम्ररी ब्लेन्ड गर्ने । अब छालामा पिंक श्याडो लगाउने । ब्राउन श्याडो अनुहारमा फैलाउने ।
परफेक्ट हेयर स्टाइल
पार्टीको माहौल र पहिरनसँग कम्बिनेशन मिलेको हुनुपर्छ, हेयर स्टाइलको । विन्टरमा हेयरस्टाइल धेरैजसो ओपन नै हुन्छ । यसका लागि क्राउन एरियाको केही केस लिएर क्राउन बनाउने र बाँकी खुला छाडिदिने । अहिले बजारमा केहि किसिमको सुहाउँदो हेयर एक्सेसरिज पाइन्छ, जसको सहयोगले विन्टर लुकलाई थप हट बनाउन सकिन्छ ।
प्रतिक्रिया 4