+
+
Shares

गगनको अपिलः मलाई जिताउनुस् वा हराउनुस्, बमको जवाफ ब्यालेटले दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १८ गते २०:०७

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ का उम्मेदवार गगन थापा बम पड्काउनेहरुलाई ब्यालेटबाट जवाफ दिन मतदातालाई अपील गरेका छन् ।

चपलीमा घरदैलोमा रहेका बेला थापालाई लक्षित गरी बम विस्फोट भएको थियो, जसमा थापासहित ११ जना घाइते भएका छन् ।

थापा ब्याण्डेज लगाएर नै चाबहिलको सभामा पुगेका थिए । आफ्नो अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै थापाले पशुपतिनाथले हात थापेकाले अप्रिय घटना हुन नपाएको बताए ।

निर्धारित समयभन्दा ढिला कार्यक्रम सुरु भएकाले आफू लम्किएर हिडेको र संयोगले आफू बचेको उनले बताए । तर, घटनामा दुई जना गम्भीर घाइते भएको भन्दै उनले सबैको स्वास्थ लाभको कामना गरे ।

साथै आफू घाइते भएको खबर पाएपछि भेट्न आएका चुुनावी प्रतिस्पर्धी राजन भट्टराईमाथि अस्पताल परिसरमा भएको हुलहुज्जतप्रति दुःख व्यक्त गरे ।

मलाई जिताउन भएपनि मत हाल्नुस्, हराउन भएपनि मत हाल्नुस् ।आज जित र हार भन्दा पनि बम हान्नेहरुलाई ब्यालेटबाट हराउनै पर्छ । यसका निम्ति मत हाल्नै पर्छ

थापाले नियोजित ढंगबाट भएको आक्रमणले सुरक्षा संवेदनशीलताप्रति गम्भीर प्रश्न उठाएको भन्दै सरकारसँग जवाफ मागे । उनले अघि भने, ‘जसले विस्फोटको घटना गराएका छन्, उनीहरुलाई पनि प्रश्न सोध्न चाहन्छु, तपाईहरुले गर्न के खोज्नु भएको ? हामीलाई तर्साउन खोज्नु भएको ?’

माओवादी आतंक भएका बेला पनि आफ्नो गाउँगाउँमा पुगेको र जाने बेला आमाले ‘तपाई केही कतै भयो भने.. ‘ भन्दै चिन्ता व्यक्त गर्न गरेको स्मरण गर्दै थापाले भने, म भन्थेँ, मलाई कहि कतै केही भयो, कसैको पनि गोली लागेर ढलेँ भने नरुनु होला । किनकी मेरो शिर खाली मैदानमा ढल्दैन, कुनै न कुनै आमाको काखमा ढल्छ ।’

‘तपाईले हामीलाई तर्साउन खोजेको ? जसको नेपालभर लाखौं आमाहरु छन् । हामीलाई तर्साउन सक्नुहुन्न । महाराजको शासन थियो । हामी हो, लुकेर होइन राजदरबार अगाडि महाराज ! उभिएर ट्यांक कुदाउने भए सडकमा होइन, हाम्रो छातिमा कुदाउनुस् भन्ने मानिस हौं ।’

बुलेटको जवाफ ब्यालेटले दिनुस्

[sam_list] बम किन पडि्काए थाहा नभएको तर, उनीहरु कायर भएको कांग्रेस नेता थापाले बताए ।

विस्फोटमा घाइते भएपछि साथीहरुले कार्यक्रम रोक्न आग्रह गरेको तर, आफूले नमानेको भन्दै कांग्रेस उम्मेदवार थापाले भने, ‘कार्यक्रममा नजानु भनेको बम पड्काउनेहरुको समर्थन गर्नु हो । उनीहरु चाहन्छन् कि हामी आतंतिक बनौं । हामी डरायौं भने उनीहरु जिते, हामी हारौं । हामीले जित्नुपर्छ ।’

थापाले जसलाई मत हालेपनि २१ गते मतदान गरेर बम विस्फोटको जवाफ लिन अपील गरे ।

अघि भने, ‘सबै मतदातालाई मेरो आग्रह हामीलाई संसदमा पुर्‍याइदिनुस् भन्ने हो । सक्नुहुन्न, अर्को चिन्हलाई मत हाल्न मन छ भने हाल्नुस् । मलाई जिताउन भएपनि मत हाल्नुस्, हराउन भएपनि मत हाल्नुस् । जित र हार भन्दा पनि बम हान्नेहरुलाई ब्यालेटबाट हराउनै पर्छ । यसका निम्ति मत हाल्नै पर्छ ।’

मण्डले प्रवृत्ति

थापाले आफ्नो चुनाव क्षेत्रमा अमेरिकी चुनावमा सामाजिक सञ्जालमा प्रोपोगाण्डा भए जस्तै भएको गुनासो गरे । पूर्व मेयर केशव स्थापित समेत यसमा रहेको भन्दै उनले भने, मैले भनेको छु, मेरा बारेमा उहाँले बोलेको एउटा कुरा पनि सत्य रहेछ भने मेरो उम्मेदवार खारेज । सकिन्छु तर गलत काम गर्दिनँ ।’

पञ्चायतमा विचारलाई आक्रमण गर्न नसकेपछि चरित्रमाथि प्रश्न उठाउन गरेको स्मरण गर्दै उनले भने, यो मण्डले प्रवृत्ति हो । मैले मेरो क्षेत्रमा यस्तो प्रृृवृत्ति आउँछ भन्ने अनुमान गरेको थिइनँ । सालिन प्रतिस्पर्धा होला भन्ने अनुमान थियो ।’

यद्यपि यसमा आफ्नो कुनै गुनासो नरहेको भन्दै उनले जुन उम्मेदवारले प्रतिस्पर्धीको सम्मान गर्न सक्दैन, उसले मतदाताको पनि सम्मान गर्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?