Comments Add Comment

बलिउड सुन्दरी आफ्नो रिसेप्सन पार्टीमा यसरी ठाँटिएका थिए

बिवाहमा औपचारिक पहिरन लगाइन्छ । पहिरन यस्तो हुनुपर्छ, जो आफ्नो संस्कार, रहनसहनसँग मिल्छ । खासगरी दुलहा-दुलहीको पहिरनको रंग, शैली आदि बैवाहिक संस्कृतिमा निर्भर गर्छ । हामीकहाँ दुलहीले परम्परागत रातो साडी लगाउने गर्छन् । दुलहाले कोट पाइन्ट वा दौरा सुरुवाल । त्यसो त बिवाह समारोह, भोज, पार्टी आदिमा पनि दुलहा दुलही बिशेष पहिरनमा ठाँटिने गरेका छन् ।

कतिलाई आफ्नो बैवाहिक समारोहमा खासगरी रिसेप्सन पार्टीमा के लगाउने भन्ने कुरामा द्विविधा हुन्छ । परम्परागत वा आधुनिक पहिरन लगाउने भन्नेमा टुंगो गर्न सक्दैनन् ।

यदि यस्तै द्विविधा छ भने, सेलिब्रेटीको फेसनबाट केहि आइडिया लिन सकिन्छ । उनीहरुको आउटफिट, मेकअप, हेयरस्टाइल र ज्वेलरीबारे जान्न सकिन्छ ।

मुम्बईमा बिहेपछि करिना कपुरले दिल्लीको दावत ए वलीमा डिनर पार्टी दिएकी थिइन् । उक्त अवसरमा उनी परफेक्ट बेगम लुकमा सजिएकी थिइन् । मुम्बईको पार्टीमा भने रातो रंगको लेहेंगामा उनी निकै आकर्षक देखिएकी थिइन् । यी दुबै आउटफिट करिनालाई उनकी साथी मनीष मल्होत्राले डिजाइन गरिदिएका थिए ।

त्यस्तै दक्षिण दक्षिण भारतिय अभिनेत्री असिनले आफ्नो रिसेप्शनमा लेहेंगा लगाएकी थिइन् । त्यसमा ह्यान्ड वर्क गरिएको थियो । यस्तो परिहनमा उनी निकै सुन्दर देखिएकी थिइन् । सलमान खानसँग ‘रेडी’ फिल्ममा स्क्रिन शेयर गरेकी असिनल अबू जानी र सन्दीप खोसलाको डिजाइनमा यस्तो पहिरन लगाएकी थिइन् ।

ईशा देवलले आफ्नो रिसेप्शनमा गुलाबी रंगको लेहेंगा लगाएकी थिइन् । डायमन्ड नेकलेस र हेयर रिंगका साथ उनी निकै आकर्षक देखिएकी थिइन् ।

आफ्नो रिसेप्सन पार्टीमा जेनेलिया डिसूजाले डार्क पिच रंगको लेहेंगा लगाएकी थिइन् । यसलाई फाल्गुनी र शेन पीककले डिजाइन गरेका थिए । खुला केस र अनकट डायमन्ड ज्वेलरीमा उनी परफेक्ट देखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment