Comments Add Comment

यी हुन् दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड हात पार्ने युएईका नेपाली कलाकारहरु

८ डिसेम्बर, दुबई । दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड-२०१७ युएईको अबुधाबीमा सम्पन्न भइसकेको छ ।

संगीक्षा फिल्म इन्टरटेनमेन्ट र नमस्ते ट्राभलको संम्युक्त आयोजनामा निकै तामझामका साथ अवार्ड सम्पन्न भए पनि यसका बिबिध पक्षबारेका चर्चापरिचर्चा भने अझै सेलाएको छैन् ।

यसपालिको अवार्ड कार्यक्रम अघिल्लो वर्षको भन्दा अलि फरक रहृयो । युएईमै रोजगारीका साथ कलाकारिता तथा संगीतको साधना गरिरहेका करिब ५० जना सर्जकहरु यसपालि समेटिएका थिए ।

अवार्ड पाउने आशामा रहेका ५० जना मध्ये पाँच विधामा जम्मा सात जनाले मात्र अवार्ड हात पारेर आफुलाई भाग्यमानी सावित गरेका छन् ।

अवार्ड वितरणको निष्पक्षतामा केही व्यक्तिहरुले प्रश्नचिन्ह उठाए पनि समग्रमा कार्यक्रम भव्य रुपमा सफल भएको र आफ्नोतर्फबाट व्यवस्थापनमा कुनै कमजोरी नगरेको आयोजकका तर्फबाट नमस्ते ट्राभलका सञ्चालक एकेन्द्र्र थापाले बताएका छन् ।

नेपाली मुलधारको सांगीतिक, मोडलिङ समग्र कलाकर्ममा क्रियाशील हस्तीहरुसँगै एउटै मञ्चमा युएईमै रोजगारीका क्रममा रहेका केही नेपालीहरु सर्जकहरु पुरस्कृत हुने अवसर पाएका छन् ।

यसै सिलसिलामा युएईमा आफ्नो नियमित रोजगारीलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासमा आबद्ध भएका र अवार्ड चुम्न सफल कलाकारहरुको कला तथा संगीतको क्षेत्रमा संघर्षरत तीनै सात जना हस्तीहरुको प्रोफाइल प्रस्तुत गरिएको छ ।

उत्कृष्ट गायकः नन्दु राई

१० वर्षअघि भेडेटार धनकुटाबाट रोजगारीका लागि युएई आएका नन्दु राई युएईको नेपाली समुदायमा परिचित गायक हुन् । दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड-२०१७ मा उत्कृष्ट गायकको उपाधि उनै नन्दु राईले चुम्न सफल भएका छन् ।

युएईको नेपाली समुदायमा भर्सटायल गायकको छवि बनाएका नन्दु राईको पछिल्लो रोमान्टिक गीत ‘आइ लभ यु …’ले नयाँ रेकर्ड राखेको छ । गायिका शिला राईसँग गाएको उक्त युगल गीत गत अपि्रल १० मा युट्युबमार्फत् सार्वजनिक भएको थियो ।

उक्त भिडियो सात महिनामा करिब १३ भन्दा बढी भ्युवर्सले हेरिसकेका छन् । यसअघिका नन्दुका गीतहरुको मध्ये सबैभन्दा धेरै दर्शकले रुचाएको गीतमा यो गीत परेको छ । उनले सोही गीतबाट बेस्ट भोकल पुरुषतर्फबाट अवार्ड चुमेका थिए ।

राईको यसअघि नै ‘सुसेली लाउने’ बोलको अडियो गीत तथा एक एल्बम पनि लोकपि्रयताको शिखरमा पुगिसकेको छ ।
सोही एल्बममा रहेको कारुणिक पिउन बाँकी छ बोलको गीतको म्युजिक भिडियोको पनि युएईमै सार्वजनिक गरिसकेका गायक राई युएईको नेपाली साँगीतिक क्षेत्रमा लोकपि्रय गायकका रुपमा परिचित छन् ।

बेस्ट भोकल महिला -रेखा घिमिरे

युएईको नेपाली सांगीतिक क्षेत्रमा रेखा घिमिरे परिचय दिइरहनु नपर्ने नाम हो । विगत १० वर्षदेखि युएईमा रोजगारी गर्दै आएकी मोरङकी घिमिरेले कर्णपि्रय गीतहरु गाएर आफ्नो प्रतिभालाई युएईमा मात्र सीमित राखेकी छैनन् । वर्षेनि एकएक वटा गीत सार्वजनिक गर्दै आएकी उनको फ्यानहरुको संख्या बडिरहेका छन् ।

उनी सुमधुर स्वरकी धनी त त्यसै छिन्, शब्द र संगीतको भावमा डुबेर गीत गाउने क्षमता राख्छिन् ।

थोरै गाउने तर परिष्कृत गीत गाउने घिमिरेको स्वर कुनै प्रोफेस्नल गायकगायिकाभन्दा कम छैन । तीन वर्षअघि ‘खुसी’ एल्बम सार्वजनिक गरेर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो गायकीको सशक्त छाप छाडेकी घिमिरे यसपालि ‘रेखा’ एल्बमको तयारीमा छिन् ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईकी अध्यक्ष समेत रहेकी गायिका घिमिरे युएईमा रहेर पनि संगीतको गहिरो ज्ञान भएकी र श्रृतिमधुर गीतकी सर्जक गायिकाको रुपमा परिचत छिन् ।

तीन वटा एल्बम सार्वजनिक गरिसकेकी उनले करिब २४ वटा गीत गाइसकेकी छिन् । यस विधामा अवार्ड हासिल गरेका दुवै गायकगायिकालाई युएईमै रहेको स्टुडियो ९ ले ४ हजार दिराम्स बराबरको एक गीतको रेकर्ड तथा म्युजिक भिडियो उपहार स्वरुप निर्माण गर्ने आयोजकले जानकारी दिएका छन् ।

उत्कृष्ट मोडल पुरुषः आशिष पुरुष

नेपालमै रहँदा पाँच वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका चितवनका आशिष पुरुष युएईमा पनि मोडलिङ र कलाकारितालाई सक्रियतापुर्वक अगााडि बढाइरहेका छन् । जलेको मैनबत्ती हातमा लिएर नृत्य गर्न खप्पिस पुरुषलाई युएईमा क्यान्डल डान्सरका रुपमा परिचित छन् ।

नोमिनेसमा परेको नरेन्द्र प्यासीले गाएको ‘सम्बन्ध छुट्यो भन्छ्यौ तिमी’ बोलको उनी आफैले लेखेका हुन् । दिपक शर्माको संगीत, अर्जन अधिकारीको निर्देशनमा बजेको उक्त गीतको छायांकन जीवन रिजाल रहेको भिडियोमा आशीषलाई उषा खनालले साथ दिएकी छन् ।

उनले युएईका धेरै स्टेज कार्यक्रमहरुको सञ्चालन गरिरहेका आशिषले नेपाली चलचित्र ‘सुश्री’को यस्तो माया गरु तिमीलाई बोलको गीत सिर्जना समेत गरेका छन् । युएईबाटै करिब २ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

उत्कृष्ट मोडेल महिलाः सारिका सुनार

गोरखा स्थायी घर भएकी सारिका युएईको कला क्षेत्रमा सुपरिचित कलाकार हुन् । चार वर्षदेखि युएईमा रोजगारीसँगै आप\mनो कलायात्रा अघि बडाएकी सारिकाले करिब १८ वटा गीतमा अभिनय गरिसकेकी छिन् । युएईका अधिकांश मञ्चहरुमा आकर्षक नृत्य प्रस्तुत गरिसकेकी सारिका मोडलिङमा भविष्य खोज्न कम्मर कसेर लाग्ने प्रतिबद्धता गर्छिन् ।

गायिका पुजा सुनारले गाएको ‘यो मन मेरो चोरी सकेछौं तिमीले’ बोलको गीतमा सारिकालाई मोहन बोगटीले साथ दिएका छन् । सारिकालाई अवार्ड दिलाउने उक्त गीतको छायांकार रोहित बिक्रम कार्की हुन् भने निर्देशन भने गोविन राईको रहेको छ ।

उत्कृष्ट म्युजिक भिडियो निर्देशकः विजय सुब्बा

दोस्रो नेपाली म्युजिक भिडियो अवार्डमा उत्कृष्ट भिडियो निर्देशकको उपाधि चुमेका सुनसरी धरानका विजय सुब्बा नाटक लेखन, अभिनय र निर्देशन बिधामा विशेष दक्षता राख्छन् । युएईमै चलचित्र निर्माण कोर्सको औपचारिक तामिल समेत हासिल गरिसकेका सुब्बा अनाम नाट्य समूहमा विसं २०४५ मै आवद्ध भएर काम गरिसकेका अग्रज व्यक्तित्व हुन् । सुब्बाले अशेष मल्ल, सुनील पोखरेल र नवीन सुब्बासँग काम समेत गरिसकेका छन् ।

एक दर्जन नाटक, केही टेलिचलचित्रमा काम गरिसकेका सुब्बाले युएईबाट करिब ७ वटा उच्च कोटीका म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् । युएईमै रहेर केही सन्देशमूलक सर्टमुभी समेत निर्माण गरेका सुब्बा क्वालिटीमा विश्वास गर्ने निर्देशक हुन् ।

उत्कृष्ट छायाकारः रोहित बिक्रम कार्की

दोस्रो म्युजिक भिडियो अवार्डमा युएई क्याटगरीमा नोमिनेसनमा परेका अधिकांश भिडियोको छायाँकन कसैले गरेको थियो भने त्यो रोहित बिक्रम कार्की नै थियो । बेल्का नगरपालिका-१, उदयपुरबाट रोजगारीका लागि युएईमा आएका कार्कीले आफ्नो प्यासन नै छायाँकार बन्नु रहेको बताए ।

उत्कृष्ट लिरिक्सः लक्ष्मण भन्तना श्रीस

लक्ष्मण भन्तनाले मिठो सरगम बोलको गीतका लागि युएईतर्फको उत्कृष्ट गीतकारको अवार्ड हात पारे ।

युएईको नेपाली साहित्यिक क्षेत्रमा कुशल गजलकारका रुपमा परिचित गोरखाका भन्तनाको यो नै पहिलो रेकर्डेड गीत हो ।

अन्य दुई गीत पनि रेकर्ड भइसकेको बताउने भन्तनाले मिठो सरगम बोलको उत्कृष्ट म्युजिक भिडियो निर्माण समेत सार्वजनिक भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment