२२ मंसिर, काठमाडौं । दाङ क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णबहादुर महरा र प्रदेश (क) मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् ।
२९३६ मत गणना हुँदा महराले १५८२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले १०७३ मत पाएका छन् ।
यस्तै यो क्षेत्रमा नयाँ शक्तिका गगन शाहले २०, राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्यले १२ र नेकपा मालेका भोजबहादुर विकले ९१ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेश (क) मा एमाले नेता शंकर पाेखरेलले अग्रता लिएका छन् । उनले १६९६ मत प्राप्त गरेका छन् भने कांग्रेसका कमलकिशोर घिमिरेले ९९३ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4