+
+
Shares

इण्डोनेशियाली राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १५:२४

२२ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इण्डोनेशियाका महामहिम राजदूत रिना प्रित्यासमियर्सी सोमार्नोले गत मंसिर १९ गते आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक विशेष समारोहमा राजदूत सोमार्नोले ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन् । सोमार्नो नेपालका लागि इण्डोनेशियाको गैरआवासीय राजदुत हुन् र राजदुतावासको कार्यालय बंगालादेशको ढाकामा अवस्थित छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिला विशेषज्ञ मदनकुमार भट्टराई, सोही कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो । त्यस्तै, इण्डोनेसियाका लागि नेपालका अवैतनिक वाणिज्यदूत, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका साथै राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको कार्यक्रममा उपस्थिति थियो ।

राजदूत सोमार्नोले नेपालसँगको सम्बन्धलाई आफ्नो मुलुकले उच्च प्राथमिकतामा राखेको बताइन । सोही कार्यक्रममा ढकालले द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि आफू लागिपरेको बताउँदै दुई मुलुकबीचको जनस्तरको सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतको कार्यालयबाट हरसम्भव प्रयास भइरहेको जानकारी दिए ।

उक्त समारोहमा संवैधानिक नियोगका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, उद्योगपति, व्यापारीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?