Comments Add Comment

ओखलढुंगा प्रदेश ‘क’ मा वाम गठबन्धनका अम्बिरबाबु गुरुङ विजयी

२२ मंसिर, ओखलढुंगा । ओखलढुंगाको प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मदवार अम्बिरबाबु गुरुङ विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत पाए । गुरुङले लोकतान्त्रिक गठबन्धनका दाहाललाई ७ हजार दुई मतले पछि पारे ।
दाहाललाई पछ्याएका संघीय समाजवादी फोरमका नरेश नेम्वाङले २ सय ९९ मत ल्याए ।

को हुन् अम्बिरबाबु ?

२०२२ सालमा ओखलढुंगाको रुम्जाटारमा जन्मिएका गुरुङ अमेरिकाबाट वाणिज्य शास्त्रमा स्नातक गरेका छन् ।

हाल नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख रहेका गुरुङ ०५६ सालको संसदीय निर्वाचनमा नेकपा मालेका तर्फबाट प्रतिनिधिसभाको निर्वाचनमा ओखलढुंगा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए ।

उक्त निर्वाचनमा पराजित भए पनि राजनीति र समाजसेवामा उनी निरन्तर क्रियाशील रहेका थिए ।

०५३ सालदेखि नेकपा एमालेको जिल्ला सदस्य रहेका गुरुङले माले–एमालेको एकीकरणपछि एमालेमा फर्किएर राजनीतिलाई निरन्तरता दिए ।

द्वन्द्वकालमा व्यापार व्यवसायमा लागेका उनी ०७० पछि एमालेका राजनीतिमा सक्रिय रुपमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment