Comments Add Comment

ओखलढुंगाबाट यज्ञराज सुनुवार विजयी

ओखलढुंगा- ओखलढुंगामा वाम गठबन्धनले संघीय प्रतिनिधिसभासहित दुई सिटमा विजयी हासिल गरेको छ ।

प्रतिनिधीसभामा वाम गठबन्धनका उम्मेदवार एमाले केन्दि्रय सदस्य यज्ञराज सुनुवार विजयी भए । आइतबार विहान मत गणना सकिँदा सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएा हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरेका छन् । सुनुवारले ५ हजार २ सय ५३ मतले खतिवडालाई पछि पारे । ओखलढुंगामा प्रतिनिधि सभातर्फ ६५ हजार ८ सय २१ मत खसेको थियो । खसेको मत मध्ये ४ हजार ७८ मत बदर भएको छ ।

प्रदेश सभा क मा एमालेकै अम्बीरबाबु गुरुङ ७ हजार २ मतान्तरले विजयी भइसकेका छन् ।

प्रदेश सभा ख को मत गणना भइरहेको छ । मानेभञ्ज्यांग गाउँपालिकाको मत गणना सकिँदा गठबन्धनका उम्मेदवार मोेहनकुमार खड्काले ३ हजार ७ सय ८५ मत ल्याएर अग्रता कायम गरेका छन् ।

कांग्रेसका प्रदिपकुमार सुनुवारले ३ हजार ७ सय ४१ म्त पाएका छन् । स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले १ हजार ३ सय ८९ मत ल्याए । मत गणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment