+
+

दाङ क्षेत्र नम्बर २ ‘क’मा शंकर पोख्रेल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते १०:१५


२३ मंसिर, दाङ । दाङको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’मा एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका पोखरेलले कांग्रेस उम्मेदवार कमल किशोर घिमिरेलाई ९ हजार ५४८ मतअन्तरले हराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय दाङको स्रोतले दिएको जानकारी अनुसार पोखरेलले २० हजार ७२३ मत पाएका छन् । घिमिरेको पक्षमा ११ हजार १७२ मत छ ।

तेस्रो स्थानमा नेकपा मालेका कपिलदेव पोख्रेल छन् । उनले १ हजार १८६ मत पाएका छन् ।

दाङ क्षेत्रनम्बर २ को प्रतिनिधिसभा सदस्यमा माओवादीका कृष्णबहादुर महरा र कांग्रेसका राजु खनाल प्रतिस्पर्धामा छन् । महरा जित नजिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?