Comments Add Comment

मेकअपमा प्राइमरः छालामा यसरी निखार ल्याउन सकिन्छ

मेकअप भन्नासाथ हाम्रो दिमागले लिपस्टिक, पाउडर तथा क्रिम भन्ने सम्झन्छ । मेकअपले अनुहारको सौन्दर्यमा मात्र निखार ल्याउँदैन, समग्र व्यक्तित्वमै प्रभाव पार्छ ।

मेकअपलाई थप आर्कषक बनाउन बजारमा विभिन्न किसिमका सौन्दर्यका सामग्री पाइन्छ । त्यस्ता सामग्री मध्यको एक हो, प्राइमर । मेकअप गर्दा प्राइमरको निकै आवश्यक पर्छ ।

प्राइमरको प्रयोगले अनुुहारमा एउटा स्मुथ बेस मिल्छ । र, तेल बढी भएको ठाउँमा चमक कम हुन्छ । तर कतिपयले बेसको लागि बीबी कि्रम लगाउने गर्छन्, जुन गलत हुने सौन्दर्य विज्ञहरुले बताउने गरेका छन् ।

मेकअप गर्दा प्राइमरको प्रयोग

– प्राइमरले मेकअप, फाउन्डेसन तथा मोइस्चराईजरलाई पूरै दिन टिकाउन बेस प्रदान गर्छ । मेकअप गर्नु पूर्व प्राइमर लगाउनाले मेकअपलाई सजिलै तथा समान रुपमा फैलाउन मद्दत गर्छ ।

–  यदी प्राइमरलाई झै प्रभावकारी बनाउन चाहनुहुुन्छ भने त्यसमा लेवैन्डर, जास्मिन वा एलोवेराको प्रयोग गरौ । यसले छाला फ्रेश रहन्छ ।

– प्राइमरले अनुहारको पाउडर तथा फाउन्डेशनलाई सोस्नबाट रोक्छ । साथै यसले अनुसारलाई आयली हुनबाट जोगाउँछ ।

– प्राइमरको प्रयोगले अनुहारको चाउरीपना तथा अनुहारमा देखिने लाइनलाई लुकाउन समेत मद्दत गर्छ । सिलिकन बेस्ड पालिमरबाट बनेको प्राइमरले अनुसारलाई स्मुथ इफेक्ट प्रदान गर्छ ।

कसरी प्रयोग गर्ने 

-अनुहार सफा गरे लगत्तै राम्रो माइस्चराइजर वा सनस्क्रीम लगाउँन सकिन्छ । त्यसपछि पूरा अनुहार, गाला, परेला लगायतका ठाउँमा प्राइमर लगाऔ । अब विस्तारै ब्रण्डरको माध्यमद्धारा हल्का मसाज गर्दै प्राइमरलाई अनुहारमा मिसिन दिऊँ । यसले अनुहारलाई स्मुथ बेस प्रदान गर्छ ।

-अनुहारको दाग, चाउरीपना, धर्सा नदेखियोस् भन्नका लागि प्राइमरलाई कन्सिलरसित मिसाएर प्रयोग गर्न सकिन्छ ।

-प्राइमरलाई फाउन्डेसनसित राम्ररी मिलाएर पनि राम्रो लुक दिन सकिन्छ । निधार, नाक तथा नाक वरिपरिको ठाँउलाई चिल्लोमुक्त देखाउन पनि प्राइमरको प्रयोग गर्न सकिन्छ ।

यदी कसैलाई विना मेकअपको अनुहार मनपर्छ भने त्यसमा पनि प्राइमरले काम गर्न सक्छ ।
त्यतिमात्र हैन, प्राइमरले हल्का फाउण्डेनको रुपमा समेत काम गर्ने हुदाँ मेकअपमा प्राइमरको प्रयोग निकै उपयोगी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment