+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वाम गठबन्धनका सूत्रधार एमाले उपाध्यक्ष वामदेव गौतम पराजित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते १७:०१

२४ मंसिर, काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् ।

बर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका हुन् ।  ७५३ मतको अन्तरले उनी पराजित भएका छन् ।

सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याएर विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए ।

उपाध्ययक्ष गौतम एमाले र माओवादी गठबन्धनका सूत्रधारका रुपमा चिनिएका थिए । गाैतमकै जोडबलमा पार्टी एकता गर्ने सहमतिका साथ वाम गठबन्धन भएको थियो ।

यो क्षेत्रमा नेकपा मालेका नरबहादुर बोहोराले २ हजार ३७२ मत ल्याएको छ । यस्तै संघीय समाजवादीका काशीमअली सिद्धिकीले ६९७, नयाँ शक्तिका केशवराज पाैडेलले ५४४, एराप्रपा राषट्रवादीले २४९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?