Comments Add Comment

भारतको राजदूत छाडेर चुनाव लड्न आएका दीपकुमार पराजित

२४ मंसिर, काठमाडौं । भारतको लागि नेपाली राजदूत जस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी छाडेर प्रतिनिधिसभाको उम्मेदवार बन्न आएका दीपकुमार उपाध्यायले पराजय भोगेका छन् ।

कांग्रेस नेता उपाध्याय कपिलवस्तु क्षेत्र नम्बर १ मा पराजित भएका हुन् । उनलाई माओवादी नेता तथा पूर्व लडाकु कमाण्डर चक्रपाणी खनाल बलदेवले हराएका हुन् ।

आइतबार अपरान्ह सम्पन्न मतगणना अनुसार कपिलबस्तु १ मा खनाल २९ हजार ७९९ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे ।

नाकाबन्दीको बेला राजदूतका रुपमा राम्रो भूमिका निर्वाह नगरेको र सरकार ढाल्न षडयन्त्र गरेको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यायलाई राजदूतबाट फिर्ता बोलाएका थिए ।

तर, कांग्रेस समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि उपाध्यायलाई पुनः भारतको राजदूतमा नियुक्त गरिएको थियो । उपाध्याय चुनावको मुखमा राजदूत पदबाट राजिनामा दिएर आएका थिए ।

उपाध्याय २०७० सालको संविधानसभा चुनावमा एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment