+
+

चितवन-१ बाट सुरेन्द्र पाण्डे विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते २१:४६

२४ मंसिर, चितवन । चितवन निर्वाचन क्षेत्र न। १ बाट एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

पाण्डेले चीरपरिचित प्रतिद्वन्द्वी राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतले पराजित गरेका हुन् ।

पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गर्दा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याए । पाण्डे र बुर्लाकोटीको यो दोस्रो चुनावी भेट हो ।

यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित बनेका थिए । साविक चितवन निर्वाचन क्षेत्र नः १ मा रत्ननगर नगरपालिकासमेत गाभिएर बनेको नयाँ क्षेत्रमा प्रतिस्पर्धी दोहोरिएका थिए ।

यसअघि, चितवन निर्वाचन क्षेत्र नः २ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल निर्वाचित भईसकेका छन् । अब क्षेत्र नः ३ को मात्रै परीणाम आउन बाँकी छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको यो क्षेत्रको परीणाम भोलिसम्म आउने अपेक्षा गरिएको छ । यो क्षेत्रबाट प्रचण्डको प्रतिस्पर्धीमा कांग्रेसको सर्मथनमा उठेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?