Comments Add Comment

पाटन जेसीजको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित

२५ मंसिर, काठमाडौं । सन् १९७० मा स्थापित नेपालकै पुरानो शाखा पाटन जेसीजको ३१ औँ शाखा अधिवेशन तथा ४७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाले वर्ष २०१८ को निम्ति जेसी सुमन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

निर्वाचित नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा जेसी मिजास चित्रकार, उपाध्यक्षमा जेसी इनिलज श्रेष्ठ, जेसी रोजिना थापा, जेसी रोनिस पराजुली र जेसी रेगन महर्जन पनि निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, जेसीसको परम्पराअनुसार सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासचिवमा जेसी डेजी नापीत, कोषाध्यक्षमा जेसी प्रकृति जोशी, सहसचिवमा जेसी विपिन बज्राचार्य र कानुनी सल्लाहकारमा जेसी निकेनमान प्रधानलाई मनोनित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment