+
+

प्रतिपक्षलाई सम्मान गर्छौं, मिलेर देश बनाउँछौंः ओली

अब राजनीति होइन, विकास र सम्बृद्धिको कुरा गर्न ओलीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते २०:३९

२५ मंसिर, झापा । नयाँ निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गर्ने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षको विश्वास जितेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएको प्रमाणपत्र बुझ्न र बिजय र्‍यालीलाई सम्बोधन गर्न झापा पुगेका ओलीले कांग्रेसको नाम नलिई प्रतिपक्षसँग सम्मानपूर्ण व्यवहार हुने बताए ।

‘हामीले स्वभाविक बिजय हासिल गरेका छौं । जनताले हाम्रो एजेण्डा र हामीले लिएका अडानलाई अनुमोदन गरेका छन्’ झापाबाट निर्वाचित सबै सांसदहरुलाई छेउमा राखेर ओलीले भने, ‘अब हामी प्रतिपक्षसँग सहकार्य र सम्मानपूर्ण व्यवहार गर्दै देश विकासको बाटोमा अघि बढ्छौं ।’

आरोप प्रत्यारोप र खण्डन मण्डनका सिलसिला चुनावसँगै सकिएको भन्दै ओलीले देश अब सहज ढंगले अघि बढ्ने बताए । उनले अब राजनीति होइन विकासका कुरा अघि बढ्न बताए ।

सरकार सन्चालनमा निष्पक्षता, स्वच्छता र पारदर्शिता आफ्ना प्राथमिकता हुने उनले प्रष्ट पारे । ‘अब राजनीतिका कुरा होइन विकासका कुरा गर्छौं । हामीले बहुमत ल्याउनेमात्र सोचेको थिएनौं, बहुमत ल्याएपछि के गर्ने भन्ने पनि सोचेर अघि बढेका हौं’ एमाले अध्यक्ष ओलीले भने-त्यसैले साम्प्रदायिक विद्धेषको अन्त गर्दै राष्ट्रिय एकता कायम गरेर विकास र सम्बृद्धिको बाटोमा मुलुलाई लैजान्छौं ।’

उनले निर्वाचन सम्पन्न गराएकोमा सरकार र निर्वाचन आयोग लगायत राज्यका सबै संयन्त्रहरु धन्यवादको पात्र रहेको रहेको बताए । उनले मुलुकलाई विकास र एकताको बाटोमा लैजान सबै मिलेर जानुको विकल्प नरहेको भन्दै सबैलाई सम्मानपूर्ण व्यवहार हुने प्रष्ट पारे ।
झापामा आफ्नो नेतृत्वको वामपन्थी गठबन्धनलाई जिताउन जनता समक्ष गरेका बाचा पूरा हुने आश्वासन समेत उनले दिए ।

सबैभन्दा धेरै मत पाएर बिजयी गराएकोमा उनले मतदातालाई धन्यावद दिँदै भने, ‘मैले कतिपय निर्वाचन क्षेत्रमा चुनावअघि जमानी बसेको छ,त्यो जमानी पनि पूरा गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?