Comments Add Comment

दुधे दाँत निस्कने बेला बच्चालाई यस्तो हुन्छ,  कसरी गर्ने स्यहार ?

बच्चा जन्मिएपछि शारीरिक रुपमा विस्तारै परिपकक हुँदै जान्छन् । यस क्रममा कतिपय समस्या हुन्छन् । शारीरिक परिवर्तनका क्रममा बच्चालाई सास्ती पनि हुन्छ । जस्तो कि, दुधे दाँत निस्कने बेला हुन्छ ।

६ देखि ८ महिनामा

बच्चा जन्मिएको सामान्यतया ६ देखि ८ महिनाको आसपासमा दुधे दाँत निस्किन्छ । दुधे दाँत निस्कने बेलामा बच्चाहरुले निकै दुख पाउँछन् ।  यस दौरान दुखाई अत्यधिक हुन्छ जसले गर्दा उनीहरु छट्पटिन्छन् । बच्चाको समग्र स्वास्थ्यमै यसले असर गर्न सक्छ ।

दुधे दाँत निस्किने बेलामा बच्चालाई केवल दुखाई मात्रै होइन, अन्य समस्याहरु पनि हुन्छन् । यी समस्याहरु के-के हुन् र ती समस्याबाट कसरी छुट्कारा मिल्न सक्छ भन्ने यहाँ हामी जानकारी गराउँदैछौं ।

गिजा सुन्निनेः ६ महिना भएपछि बच्चाको पहिलो दाँत अर्थात् दूधे दाँत निस्किने बेलामा गिजा सुन्निन्छ । सुन्निनुका साथै गिजा अत्यधिक रातो पनि हुन्छ ।

भोक नलाग्नेः दाँत निस्किने क्रममा बच्चालाई भोक कम लाग्छ । वास्तवमा गिजाको दुखाईको कारणले उनीहरुलाई खाना खुवाउन पनि समस्या पर्छ । त्यसैले उनीहरुलाई दिनभरी थोरै थोरै खुवाइरहनु पर्छ ।

निद्रा विथोलिनेः दाँत निस्किने क्रममा बच्चाहरु राति आरामले निदाउन सक्दैनन् । पटक-पटक व्यूँझिएर रोइदिन्छन् । किनकी गिजाको दुखाईले उनीहरुलाई रातभर सताउँछ ।

इन्फेक्सनः गिजामा दुखाईका कारण बच्चाले जे भेट्यो त्यही मुखमा हाल्न थाल्छन् । यसबाट उनीहरुको मुखमा ब्याक्टेरिया फैलिन सक्छ, जसले इन्फेक्सनको खतरा हुन्छ ।

ज्वरोः दाँत निस्कने क्रममा अधिकांस बच्चालाई ज्वरो आउँछ । इन्फेक्सनले गर्दा आउने ज्वरोलाई सिटामोलले ठिक गर्न सक्छ ।

चिडचिडापनः आँखा मिच्नु, टाउको समाउनु आदि चिडचिडापनका लक्षण हुन्, जो बच्चाहरुमा दाँत उम्रिने समयमा देखिन्छ । यद्यपि केही दिनपछि यो आफैं ठिक हुन्छ ।

के गर्ने त ?

गाजर चपाउन दिनेः  बच्चाले ठोस खानेकुरा खान थालेको छ भने उसलाई चिसो गाजरको एक टुक्रा खुवाउन सकिन्छ । गाजरको चिसोले गर्दा गिजाको दुखाईमा राहत मिल्छ भने बच्चाको भोक पनि मेटिन्छ ।

खुट्टाको मालिसः  आफ्नो बच्चालाई शान्त बनाउनका लागि उसको खुट्टा मालिस गरौं । यसले बच्चालाई शान्त राख्नुका साथै राम्ररी निदाउन पनि सहयोग गर्छ । विशेषगरी खुट्टाको औंलाहरुमा मालिस गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment