+
+
Shares

दुर्घटनामा एकको मृत्यु

झापा झापा
२०७४ मंसिर २९ गते १२:३७

२९ मंसिर,झापा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-१० भालुखोलामा शुक्रबार  भएको सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१०च ९७१८ नं को मारुती भ्यानमा विपरीत दिशाबाट आउँदै गरेको मे६प २३३३ नं को मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक कन्दङ्वाको मृत्यु भएको हो ।

भ्यानमा सवार बिर्तामोड–५ का ३१ वर्षीय राजु दाहाल, उनकी श्रीमती २८ वर्षीया अञ्जना दाहाल र सोही ठाउँका ३६ वर्षीया गीता कार्की घाइते भएका छन् । घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?