२ पुस, वीरगञ्ज । पर्सा प्रहरीले अपहरण मुद्दामा झण्डै एक वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मुडली बस्ने ३२ वर्षीय शिवनाथ राउत भेडिहर रहेका छन् ।
भेडिहर लगायतले ०७३ माघ ९ गते वीरगञ्ज महानगरपालिका वडा नं ३२, चोर्नीमा बस्ने वर्ष २५ को सुरज भन्ने सूर्यप्रकाश गुप्तालाई अपहरण गरी १ करोड ५० लाख फिरौती रकम माग गरेका थिए ।
अपहरण तथा शरीर बन्धक, डाँका तथा संगठित अपराध मुद्दामा वरदात पछि फरार रहेका मध्ये भेडिहर पक्राउ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी र कानुनलाई छल्दै छिमेकी मुलुक भारतका विभिन्न स्थानमा लुकिछिपि बस्दै आएका उनलाई अन्तरदेशिय सूचना सञ्जालको माध्यमबाट पुस १ गते नेपाल–भारतको सीमावर्ती इलाका पर्सा, छिपहरमाई गाउँपालिका वडा नं.५ स्थित भिष्वाबाट पक्राउ गरिएको थियो ।
फरार अपराधी र अभियुक्त पक्राउ गर्न जारी गरिएको अभियानका क्रममा असोज १८ गतेदेखि हालसम्म पर्सा जिल्लाका विभिन्न स्थानबाट बिभिन्न ३६ जना फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया 4