Comments Add Comment

बालबालिकामा यस्ता लक्षण देखिए, हुनसक्छ गम्भीर रोगको संकेत

अहिले निकै जाडो बढिसकेको छ । जाडोमा वालवालिका चाडै प्रभावित हुन्छन् । बाह्य तापमान र शरीरको तापमानवीच असन्तुलन भएपछि अनेकौ समस्या देखापर्न सक्छ ।

यस अवस्थामा वालवालिकाको उचित स्यहार तथा रेखदेख हुनुपर्छ । खानपानदेखि हरेक कुरामा सावधानी अपनाउनुपर्छ । यदि जाडोको प्रकोपबाट बालवालिकालाई सुरक्षित राखिएन भने निकै जटिलता समेत आउन सक्छ । त्यसकारण जटिल समस्या झेल्नुअघि नै अभिभावकले निम्न कुरामा ध्यान दिन आवश्यक छ ।

ज्वरोमा

चिसोका कारण बाबालिकालाई ज्वरो आउने गर्छ । बालबालिकालाई जाडो मौसममा ज्वरो आउनु स्वभाविकै हो । उक्त ज्वरो लामो समयसम्म वा ५ देखि ७ दिनसम्म आइरहेको खण्डमा भने विशेष सावधानी अपनाउनु पर्छ । लामो समयसम्म पनि बालबालिकामा ज्वरो आइरहेमा त्यसले निमोनिया, टाइफाइड लगायतको संकेत गर्छ ।

४८ घण्टा भन्दाबढी ज्वरो आएमा

बालबालिकालाई सानो उमेरमा ज्वरो आउनु स्वभाविक नै हो । तर उक्त ज्वरो ४८ घण्टा हुदाँ पनि निको नभएमा भने विशेष सर्तकता अपनाउनु पर्छ । अन्यथा यसले स्वास्थ्यसित सम्बन्धित थुप्रै समस्या निम्त्याउन सक्छ ।

स्वासप्रश्वासमा समस्या

जाडो मौसममा चिसोका कारण बालबालिकाको सासको गति बढ्न सक्र्छ । बालबालिकाले अस्ााधारण तरिकाले सास फेरेमा धेरै स्वाँ-स्वाँ गरेमा तुरुन्तै चिकित्सकका लैजानु पर्छ । अन्यथा यसले बालबालिकामा दम, आज्माको समस्या निम्त्याउन सक्छ ।

बालबालिकामा हुने दम बढ्दो उमेर सँगै कम भएर जान्छ । तर बाल्याावस्थामा हुने दममध्य करिब ३० प्रतिशत दम बालबालिकाको जिवनभर रहिरहनसक्छ । यसबाट बच्नको लागि पनि बालबालिकालाई धेरै स्वास्वा आएमा तुरुन्त चिकित्सकका लानुपर्छ ।

कोखा हानेमा

बालबालिकामा हुने विभिन्न जटिल समस्या मध्य कोखा हान्ने समस्या पनि एक हो । बालबालिकालाई धेरै कोखा हानेमा, सास फेर्नमा समस्या भएमा पनि सजग हुन आवश्यक छ ।

विशेगरी, बालबालिकालाई स्वासप्रस्वास सम्बन्धि समस्या भएमा, सास फेर्नमा कठिनाई भएमा कोखा हान्ने गर्छ । बालबालिकालाई कोखा हान्ने समस्या भएमा जटिल समस्या उत्पन्न हुने गर्दछ ।

धेरै खोकी लागेमा

बालबालिकालाई चिसोका कारण खोकी लाग्नु सामान्य हो । तर खोकीको अलावा छाती घ्यारघ्यार भएमा, लामो समयसम्म खोकी लागेमा भने विशेष सावधानी अपनाउनु पर्छ । अन्यथा खोकीकै कारण बालबालिकाको छातीमा विभिन्न जिवाणुको संक्रमण हुनसक्छ । बालबालिकाको शरीरमा जिवाणुका संक्रमण भएमा त्यसले छाती, मुटु, पेट, मृगौला लगायतको समस्या निम्तने गर्छ ।

लेखक कान्ति बाल अस्पताल, महाराजगञ्जका कन्सल्टेण्ट डाक्टर हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment