Comments Add Comment

‘सत्रु गते’को ‘रुपै मोहनी’ बोलको गीतमा दीपादेखि आँचलको छमछमी


काठमाण्डौको चिसोको प्रवाहा नगरि चलचित्र ‘सुत्र गते’का कलाकारले एक गीतको भिडियोको छायांकन सकेका छन् । ‘रुपै मोहनी नारन रुपै मोहनी’ बोलको गीतमा चलचित्रका सबैजसो कलाकारलाई फिचरिङ गरिएको छ । काठमाण्डौको चावहिलमा रहेको समता अस्पताललाई झिलिमिली बनाएर गीतको छायांकन गरियो ।

टंक वुढाथोकीले तयार पारेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । मिना निरौला र टंक वुढाथोकीको आवाज रहेको गीतमा लोकराज अधिकारीको शब्द छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

नायिका आँचल शर्माले जाडो भएपनि टेक दिने समयमा गीतकै भावमा बगिने बताइन् । नायक पल शाहले पनि चलचित्रमा सिनियर कलाकार भएकाले काम गर्दा सहज भएको बताए ।

चैत्र ९ गतेबाट रिलिज हुने चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । कलाकार दीपकराज गिरीले चलचित्रसँगै यो गीत पनि निकै राम्रो बनेको प्रतिक्रिया दिए ।

 

‘म पलसँग हिडेका कुरा लुकाउन चाहन्नँः आँचल शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment