३ पुस,काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले राजनीतिक स्वरुपमा फेरबदल वा सरकारको गठन विघटन जस्ता राजनीतिक प्रकृतिका कामकारबाहीले न्याय परिषद्का काम कारबाही प्रभावित हुन नहुने बताएका छन् ।
न्याय परिषद्को २७औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले न्यायपरिषद् बैठक पछिल्लो समय विवादमा परेको सन्दर्भमा यस्तो जवाफ दिएका हुन् ।
पराजुलीले सिंवैधानिक एवम राजनीतिक संक्रमणको अवस्था वा संवैधानिक प्रक्रिया बमोजिमको सरकारको गठन विघटनको प्रक्रिया सुरु भई कामचलाउ सरकार भएको अवस्थामा न्याय परिषद् र आयोगले आफना नियमित काम कारबाहीको सम्पादन गर्ने बताए ।
प्रधानन्यायाधीश पराजुलीले कुनै सन्दर्भ, परिवर्तन वा घटनालाई मात्र आधार बनाएर परिषद्ले आफनो संवैधानिक दायित्व र भूमिका निर्वाह गर्नबाट नहुने बताए ।
कार्यक्रममा नेपाल बार एसोसिएशनका अध्यक्ष शेरबहादुर केसीले संविधानले न्यायाधीश नियुक्तिको काम न्यायपरिषद्लाई दिएकाले रिक्त रहेका उच्च अदालतका मुख्य तथा न्यायाधीश नियुक्ति छिटो गर्न आग्रह गरे ।
न्याय परिषद् दिवसको अवसरमा परिषद्ले उच्च र जिल्लाअदालतका २/२ जना न्यायाधीशलाई सम्मान गरिएको छ ।
सम्मानित हुने उच्च अदालत विराटनगर इलाम इजलासका न्यायाधी शप्रकाशचन्द्र गजुरेल र उच्चअदालत पाटनमा कार्यरत न्यायाधीश नीता गौतम छन् । सो अवसरमा अछाम जिल्ला अदालतका न्यायाधीश धर्मराजपौडेल र नवलपुर जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालालाई सम्मान गरिएको छ ।
प्रतिक्रिया 4