+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

चुनावमा अन्तर्घात गरेको भन्दै नेविसंघ अध्यक्ष महरसँग स्पष्टीकरण माग

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ६ गते १८:४७

६ पुस, डडेल्धुरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै डडेल्धुरा कांग्रेसले नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित जिल्लाका ४० जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोधेको छ ।

नेपाली कांग्रेस डडेल्धुराको अनुशासन समितिको बैठकले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारका लागि भोट मागेको उजुरीका आधारमा अध्यक्ष महरसहित ४० नेता कार्यकर्ताहरुलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।

जिल्ला सदरमुकाममा बिहीबार बसेको अनुशासन समितिको बैठकले महरसँगै प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवार गोविन्दराज बोहरा, जिल्ला कार्यसमितिका कोषाध्यक्ष हरिप्रसाद पनेरु, जिल्ला कार्यसमिति सदस्य तथा स्थानीय निर्वाचनमा अमरगढी नगरपालिकामा पार्टीका तर्फबाट मेयर पदका उम्मेदवार डिल्लीराज जोशी, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य सुरेशराज जोशी, स्वास्थ्यकर्मी संघका पुष्कर पनेरु छन् ।

त्यस्तै क्रियाशील सदस्यहरु सरस्वती खड्का, माया शाही देउवालगायत ४० जना नेता कार्यकर्ताहरुलाई ७ दिन भित्र जवाफ दिने गरी स्पष्टीकरण माग गर्ने निर्णय गरेको अनुशासन समितिका संयोजक अर्जुनबहादुर मल्ल जानकारी दिए ।

प्रदेशसभा तथा प्रतिनिपधसभा निर्वाचनका क्रममा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न भन्दै खुलेयाम विपक्षी पार्टीको प्रचार प्रसारमा संलग्न भएको उजुरी जिल्ला अनुशासन समितिमा परेपछि स्पष्टीकरण माग्ने निर्णय गरिएको संयोजक मल्लले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?