Comments Add Comment

पहिलो महिनावारीबारे राधिका आप्टेको यस्तो खुलासा

पहिलो मासिक स्राव, हरेक महिला यहि चरणबाट गुजि्रएर आउँछन् । सामान्यत ९ देखि १३ बर्षसम्मको उमेरमा पहिलो मासिक स्राव हुन्छ । कसैको हकमा यो भन्दा अघि हुनसक्छ, कसैको हकमा पछि ।

पहिलो मासिक स्राव आफैमा अनौठो अनुभूति हुन्छ, किशोरीका लागि । मासिक स्राव नै भन्ने कुरा नबुझेको अवस्थामा योनीद्वारबाट रगत बगेपछि उनीहरु अत्तालिन्छन् पनि । तर, यो प्राकृतिक प्रक्रिया हो भन्ने बुझेपछि आफै सम्हालिन्छन् ।

यसै मेसोमा बलिउड अभिनेत्री राधिका आप्टे, जो ‘माझी द माउन्टेन म्यान’ जस्ता फिल्ममा देखा परेकी छिन्, उनैले आफ्नो पहिलो मासिक स्रावबारे अनुभव बाँढेकी छिन् ।

राधिकाको पहिलो मासिक स्राव

बलिउड अभिनेत्री राधिका आप्टेले आफ्नो पहिलो महिनावारीलाई लिएर रोचक खुलासा गरेकी छिन् । राधिकाका अनुसार पहिलोपटक महिनावारी भएको खुशीमा आमाले घरमा पार्टी दिएकी थिइन् ।

अक्षयकुमारको प्रदर्शनउन्मुख फिल्म ‘प्याडम्यान’ को गीत लन्चका अवसरमा बोल्दै उनले आफ्नो अनुभव सेयर गरेकी हुन् । उनलाई सोधिएको थियो, ‘महिनावारी र सेनिटरी प्याडलाई लिएर उनको घरमा कस्तो माहोल छ ?’

आप्टेका अनुसार उनको परिवारमा सबैजना डाक्टर भएकाले कुनै रुढिवादी कुरा हुँदैन । यी कुराहरुका बारेमा आफूलाई पहिल्यै जानकारी भए तापनि पहिलोपटक महिनावारी हुँदा आफू निकै रोएको उनले बताइन् ।

‘आफ्नो बदलिएको शारीरिक अवस्थाका कारण म निकै डराएकी र रोएकी थिएँ, तर आमाले मलाई हौसला दिनुभयो,’ उनले भनिन् ।

आप्टेले अगाडि सुनाइन्, ‘म पहिलोपटक महिनावारी भएको उपलक्ष्यमा आमाले घरमा ठूलो पार्टी आयोजना गर्नुभएको थियो, जहाँ हाम्रा आफन्त र साथीभाईहरु आएका थिए । मलाई एउटा महंगो घडी र अन्य थुप्रै उपहारहरु प्राप्त भएका थिए ।

सेनिटरी प्याड किन्न जाँदा

महिनावारी भएपछि सेनिटरी प्याड किन्न सुरुमा आफूलाई निकै हिच्किचाहट भएको अनुभव पनि उनले सनाइन् ।

‘सुरु सुरुमा आमाले किनिदिनुहुन्थ्यो, तर एक दिन सोचेँ कि आफैं किन्नेछु । त्यसपछि म पसलमा गएँ । तर, कुनै शब्द निस्केन मुखबाट । निकै बल गरेर मैले ठूलो आवाज निकालेर सेनिटरी प्याड मागेँ । त्यसपछि भने कुनै संकोच लागेन,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment