+
+

मुख्यमन्त्रीको सपथ खाएपछि घरजम गर्छुः शेरधन राई

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ७ गते १७:४०

७ पुस, बिराटनगर । भोजपुरबाट प्रदेशसभा संसदमा निर्वाचित भएका एमाले नेता शेरधन राई प्रदेश नम्बर १ का सम्भावित मुख्यमन्त्री हुन् । अविवाहित राईले शुक्रबार यो घोषणा पनि गरेका छन् कि मुख्यमन्त्रीको शपथ खाएपछि उनले बिहे गर्नेछन् ।

बिराटनगरमा पत्रकारहरुको जिज्ञासामा उनले मुख्यमन्त्रीको शपथ खाएपछि धरजमतर्फ लाग्ने घोषणा गरे ।

उनले थट्यौली पारामा भने, ‘मेरो घरजम धेरैको चासोको विषय बनेको छ, त्यो मुख्य मन्त्रीको सपथ खाएपछि पुरा गर्नेछु ।’

प्रदेश १ को मुख्यमन्त्रीमा मेरो बिकल्पै छैन

नेकपा एमालेका पोलिटव्यूरो सदस्य राईले आफूबाहेक प्रदेश नं १ मुख्यमन्त्रीको दावेदार अरु नभएको दाबी गरे ।

उनले भने ‘ प्रदेश सरकारको मुख्य मान्छे वन्ने योजनाअनुसार नै पाइला चालेको हो, मैले त्यसका लागि पार्टीका पूर्ण सहयोग पाएको छु ।’

राईले विगतमा पार्टीबाट पाएको सांगठानिक र राजकीय दुबै जिम्मेवारीहरु निर्विबाद, स्वच्छ र सफलतापूर्वक सम्पन्न गरेकाले मुख्यमन्त्रीको जिम्मेबारी आफूले पाउने विश्वास व्यक्त गरे ।

उनले भने- ‘दुई कार्यकाल प्रतिनिधि सभाको सदस्य, संसदीय समितिको सभापति तथा मन्त्री समेतको जिम्मेवारी पूरा गर्दा प्रश्न उठ्ने कमजोरी मैले कहिल्यै गरिन, मुख्यमन्त्री हुने मेरो बलियो आधार यही हो ।’

‘प्रदेश नं १ सरकार बनाउन आवश्य पर्ने बहुमत एमाले एक्लैसँग भएपनि बामगठबन्धनै सरकार बनाउँछौ’- एमाले नेता राईले भने ।

प्रदेश १ को राजधानीका सन्दर्भमा सोधिएको प्रश्नमा उनले अन्तरिम राजधानी बर्तमान सरकारले तोक्ने र स्थायी राजधानी प्रदेश सभाको दुई तिहाई बहुमतले निर्णय गर्ने भएकोले पूर्वाधारको अवस्था तथा चौध जिल्लाकै जनताको पाएक पर्ने स्थानलाई हेरेर परिपक्क ढङ्गले निर्णय गरिने बताए ।

उनले राजधानी लागि भावनामा बहकिएर आफ्नो ठाउँ विशेषको कुरा गर्न नहुने बताउँदै सबै कुराको सार्मथ्य भएको स्थानलाई राजधानी बताउन उपयुक्त हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?