Comments Add Comment

फाल्गुनन्द गोल्डकपमा सुनसरी ११ को विजयी सुरुवात

७ पुस, ताप्लेजुङ । फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको ९ औं संस्करणमा सुनसरी ११ ले विजयी यात्रा शुरु गरेको छ ।

पाँचथरको फिदिममा शुक्रबारदेखि शुरु भएको खेलमा प्रतिपर्धी डिभाइन व्वाइज युनियनलाई ०–३ गोलअन्तरले पाखा लगाउँदै सुनसरी ११ ले विजयी यात्रा शुरु गरेको हो ।

फिदिम माविको खेल मैदानमा भएका उद्घाटन खेलको तेस्रो मिनेटमै सुनसरीका तीर्थ बस्नेतले गोल गर्दै सुनसरीका लागि खाता खोलेका थिए । बस्नेतले पहिलो हाफको ३६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

हाफटाइम पछिको २० औं मिनेटमा पुनः सुनसरीकै सुजन याक्खाले थप एक गोल गर्दै सुनसरीको विजय सुनिश्चित गराएका थिए ।

खेलमा सुनसरीका तीर्थ बस्नेत उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

शनिबार विर्ता युथ ११ र ताप्लेजुङ ११ बीच प्रतिष्पर्धा हुँदैछ । पुस १६ गतेसम्म हुने खेलमा नेपाल र भारतका ए डिभिजन क्लबसहित १० टिमको सहभागिता रहेको छ । खेलको विजेताले नगद ३ लाख र उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment