Comments Add Comment

अनुष्का-विराट बिहेको रिसेप्सन पार्टीमा कति खर्च ?

अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको विहेको ह्याङओभर अझै केहि दिन बाँकी रहनेछ । उनीहरुको पहिलो रिसेप्सन आइताबर दिल्लीमा भयो । होटल ताज डिप्लोमेटिकको दरबार हलमा भएको यस रिसेप्सनमा कति खर्च भयो होला भनेर धेरैमा चासो हुन सक्छ ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि गन्यमान्य पाहुनाहरुको सत्कार गरिएको उक्त पार्टीमा विराट-अनुष्काले करिब एक करोड खर्च गरे । उनीहरुको खर्चको विल करिब भारु ५० लाख आएको छ ।

अब मुम्बईमा पनि यस्तै रिसेप्सन पार्टी चल्दैछ । त्यहाँ बलिउड सेलिब्रेटीदेखि किक्रेटरहरुको जमघट हुनेछ । खबरहरुमा जनाइए अनुसार मुम्बईको पार्टी राती ३ बजेसम्म चल्नेछ । ४० तला अग्लो होटल सेन्ट रेजिसको नवौं तलामा उक्त पार्टी आयोजना हुनेछ ।

त्यहाँको एस्टर बालरुममा रिसेप्सन पार्टी चल्नेछ । यहाँको रिसेप्सन पार्टीका लागि अनुष्का विराटले ६ सय जना पाहुनालाई बोलाएका छन् । यसमा धेरैजसो बि टाउन सेलिब्रेटी र क्रिकेटर छन् । त्यहाँ हुने पार्टीमा पाहुनाका लागि मल्टी डिशेज बुफे राखिएको छ । यसका साथै मदिराको पनि व्यवस्था गरिएको छ । तर, यहाँ दिल्लीको तुलनामा कम खर्च हुनेछ । रिसेप्सन पार्टीमा करिब ३० लाख रुपैयाँ खर्च हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment